सुन तस्करी प्रकरणमा प्रधानमन्त्री असन्तुष्ट, अनुसन्धान स्थगित


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

३३ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ।

प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्तिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ ।गत असार ११ गते बेलुकी प्रधानमन्त्री ओलीसँग भेट गरी समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलसहितले समितिको कामकारबाहीबारे जानकारी गराएका थिए।

समितिका पदाधिकारीले अनुसन्धान प्रक्रिया अघि बढाउन अन्य आरोपितहरूलाई पनि गिरफ्तारी गनुपर्ने प्रधानमन्त्रीसँग बताएका थिए । प्रधानमन्त्रीसँग भएको करिब दुई घन्टाको बिफ्रिङमा अनुसन्धान समितिले हुन्डी तस्करी आरोपमा संलग्न विमल पोद्दार पक्राउ परेपछि उनको संरक्षणमा रहेका भनिएका केही व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने आग्रह गरेको थियो । तर समितिको उक्त ‘बिफ्रिङ’ मा प्रधानमन्त्री ओलीले समितिको कामप्रति असन्तुष्टि प्रकट गरेका थिए ।

थप गिरफ्तारीभन्दा पनि हराएको ३३ किलो सुन किन भेटिएन भन्ने प्रधानमन्त्रीको असन्तुष्टि थियो ।‘प्रधानमन्त्रीज्यूले हराएको ३३ किलो सुन किन नभेटिएको ? मानिस मात्रै पक्राउ परिरहेको तर सुनको अवस्था के हो भन्ने जनताले थाहा नपाएको भन्ने विषयमा जिज्ञासा राख्नुभएको थियो’, अनुसन्धान समिति स्रोतले भन्यो, ‘उहाँले मान्छे मात्रै पक्राउ गरेर हुन्न, ठोस परिणाम पनि हात लगाउनुपर्यो भन्नुभयो।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्तिपछि अनुसन्धान समितिले अनुसन्धान गर्नुपर्ने व्यक्तिहरुलाई पक्राउ गर्नुको साटो प्रतिवेदन तयार गर्न लागेको हो । ‘चारपाँच वर्षको बीचमा तीन हजार आठ सय टन सुन तस्करी भएको देखिन्छ । अहिलेको ३३ किलो मात्रै होइन, त्यसकारण तस्करीमा संलग्न व्यक्तिहरुको सञ्जाल पनि ठूलै छ’, अनुसन्धान समितिका एक सदस्यले भने ।

उनका अनुसार प्रधानमन्त्री चीन भ्रमणमा जानुअघिसम्म अनुसन्धान समितिको कामकारबाहीबारे सन्तुष्ट थिए । चीन भ्रमणपछि अनुसन्धान समितिसँग प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए । ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्तिपछि हामी निरास भयौं, जुन तहसम्म अनुसन्धान हुनुपथ्र्यो त्यहाँसम्म अझै पुग्न सकिएको छैन’, अनुसन्धान समितिका एक सदस्यले भने।

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान समितिको म्याद सकिएसँगै अनुसन्धान पनि रोकिएको हो । सरकारले २०७४ चैत १९ गते गृह मन्त्रालयका सहसचिव पौडेलको संयोजकत्वमा गठन गरेको सो समितिको म्याद असार मसान्तमा सकिएको छ । सुरुमा प्रधानमन्त्री ओलीले सुन तस्करीमा मुछिएका कसैलाई पनि छोड्न नहुने निर्देशन दिएका थिए । पछिल्लो समय प्रधानमन्त्री ओलीले हराएको सुन नभेटिएको तर मान्छेमात्रै पक्राउ गरेर थुनेको भन्दै असन्तुष्टि प्रकट गरेपछि दुई साताअघि नै अनुसन्धान रोकिएको थियो।

‘प्रधानमन्त्रीज्यूले हराएको ३३ किलो सुन किन नभेटिएको ? मानिस मात्रै पक्राउ परिरहेको तर सुनको अवस्था के हो भन्ने जनताले थाहा नपाएको भन्ने विषयमा जिज्ञासा राख्नुभएको थियो । उहाँले मान्छे मात्रै पक्राउ गरेर हुन्न, ठोस परिणाम पनि हात लगाउनुपर्यो भन्नुभयो।’
सुन तस्करी प्रकरणमा थप अनुसन्धान गर्दै जाँदा राजनीतिक नेतृत्वसँग निकट रहेर काम गरिरहेका केही व्यापारी र शक्ति दलालका रुपमा चिनिएका व्यक्तिहरूको समेत संलग्नताको आशंका गर्दै गिरफ्तार गर्नुपर्ने निष्कर्षमा समिति पुगेको थियो।

अनुसन्धान समितिले विदेशमा बसी सुनको अवैध कारोबार गर्नेमा काले भनिने किशन अग्रवाल, हरि खड्का भनिने हरिशरण खड्का, केशव चापागाईं, अर्जुन खरेल, सञ्जय भनिने दुर्गाप्रसाद खरेल र राजन पन्थ तथा नेपालमै रहेका विमल पोद्दारका व्यापारिक साझेदारलाई समेत पक्राउ गर्ने तयारी गरेको थियो।

सुन तस्कर सावरमल जोधानी लामो समयदेखि फरार छन् । विभिन्न कम्पनी खोलेर आयातनिर्यात गर्दै आएका जोधानीले सुन कारोबार गर्दै आएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसअघि नै तयार पारेको प्रतिवेदनले समेत किटानी गरेको थियो ।

त्यस्तै समितिले एमके भनिने मोहनकुमार अग्रवाललाई पनि पक्राउ गर्न सकेन । जोधानी र अग्रवालले मुलुकभरका सुन पसलमा सस्तोमा सुन पठाएर बाँकी सुन तत्कालै भारतीय बजारमा पठाउने गरेका थिए । दैनिक ५० किलो सुन नेपालबाट भारततर्फ जाने गरेको दाबी सुरक्षा निकायको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ महिनामा तीन हजार आठ सय केजी तस्करीको सुन भित्र्याउने चूडामणि उप्रेती ‘गोरे’ ले यसअघि पक्राउ परेकाहरुको सहयोगमा आफूले सुन तस्करी गरेको स्वीकार गरेका छन् ।

अनुसन्धान समितिको प्रतिवेदनका आधारमा मोरङ जिल्ला अदालतले फरार अभियुक्त घोषणा गरेको गोरेका भाइ रमेश उप्रेती दुबईमा पक्राउ परेका छन् भने त्यहीं रहेका हरिशरण खड्का भने पक्राउ परेका छैनन् ।

संगठित सुन तस्करीका ‘ठूला माछा’ समात्ने विश्वास राखेको अनुसन्धान समितिले अहिलेसम्मको अनुसन्धानका आधारमा एमके, राजेन्द्र शाक्य र विमल पोद्दार संगठित तस्करीको सुनको मुख्य लगानीकर्ता भएको निष्कर्षमा पुगेको छ ।

त्यस्तै भुजुङ गुरुङ, छिरिङ वाङ्देल घले, चाचा भनिने महावीर गोल्यान, गोरे, सञ्जय खेतान, वीरगन्जका व्यापारी राजु दारुका, दुबईमा रहेका हरिशरण खड्का, राजन पन्त, बेनु श्रेष्ठलगायतका व्यक्तिहरु पटके लगानीकर्ता रहेको अनुसन्धान समितिको निष्कर्ष छ । अनुसन्धान समितिले धेरैजसो सुन तेस्रो मुलुकबाट नेपाल ल्याएर भारततिर निकासी हुने गरेको जनाएको छ । भन्सार छलेर ल्याइने भएकाले यसमा धेरै नाफा हुने गर्छ । एक किलोमा भन्सार छल्दा करिब अढाइ लाख नाफा हुन्छ । त्यही सुन भारतीय बजारमा पु¥याउँदा प्रतिकिलो दुई लाख ९० हजार रुपैयाँ फाइदा हुने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com