सबै राष्ट्रको विनिमय हिजोभन्दा सस्तो


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

अमेरिकी डलर, युरोपियन युरो लगायत सबै विदेशी मुद्राको विनिमयदर हिजोभन्दा आज सस्तो भएको छ ।

अमेरिकी एक डलरको खरिददर १ सय ९ रुपैयाँ २३ पैसा कायम भएको छ भने बिक्रीदर १ सय ९ रुपैयाँ ८३ पैसा रहेको छ।यस्तै युरोपियन युनियन १ को खरिददर १ सय २७ रुपैयाँ ९४ पैसा छ भने बिक्रीदर १ सय २८ रुपैयाँ ६४ पैसा छ ।पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ४४ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ८ पैसा कायम छ।

अष्ट्रेलियन डलरको खरिददर ८० रुपैयाँ ९१ पैसा र बिक्रीदर ८१ रुपैयाँ ३६ पैसा कायम भएको छ।साउदी अरबियन रियाल १ को खरिददर २९ रुपैयाँ १२ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ २८ पैसा कायम भएको छ।यसैगरी कतारी रियाल १ को खरिददर ३० रुपैयाँ छ भने बिक्रीदर ३० रुपैयाँ १६ पैसा रहेको छ।

संयुक्त अरब इमिरेट्स (युएई हिराम) १ को खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसा छ।मलेसियन रिङ्गेट १ को खरिददर २६ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १४ पैसा कायम भएको छ ।साउथ कोरियन वान १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा छ भने बिक्रीदर ९ रुपैयाँ ७५ पैसा छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जापानिज यन १० को खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com