अध्यागमनको छापामा न्युजर्सीमा ३७ कागजपत्रविहिन पक्राउ


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले न्युजर्सीमा ३७ जना कागजपत्रविहिनहरुलाई पक्राउ गरेको छ । शुक्रबार सकिएको पाँचदिने अपरेशनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको आइसले जनाएको छ ।

अपरेशनका क्रममा पहिले नै अपराधको अभियोग पुष्टि भएकाहरुलाई निशानामा राखिएको आइसले जनाएको छ । पक्राउ पर्नेहरुमा नेपालीहरु भने छैनन् । उनीहरु ब्राजिल, भारत, डोमेनिक रिपब्लिक, एल साल्भाडोर, इक्वेडर, ग्वाटेमाला, हैटी, होण्डुरस, आइभरी कोष्ट, मेक्सिको, नाइजेरिया, पेरु र टर्कीका नागरिकहरु रहेका छन् ।

यो समाचार अँग्रेजीमा पढ्नुहोस् ।

ICE Arrests 37 People in New Jersey Immigration Enforcement Surge

पक्राउ पर्नेहरु २१ बर्षदेखि ६८ बर्षसम्मका रहेका छन् । पक्राउ पर्नेहरु अधिकांश अपराधको अभियोग पुष्टी भएकाहरु रहेपनि गैरकानुनी रुपमा सिमापार गरेको अमेरिका छिरेका तर अन्य कुनै अपराध नगरेकाहरु समेत छन् ।

उनीहरुलाई देशनिकालाको प्रकृया पूरा नहुन्जेल आइसको हिराशतमा राखिनेछ । उनीहरुलाई नयुजर्सीको मिडलसेक्स काउन्टीबाट नियन्त्रणमा लिइएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com