दुई लाख ८० हजार घुससहित जिशिअ पराजुली पक्राउ


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कपिलबस्तुका जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुली सेवा ग्राहीसँग २ लाख ८० हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

अख्तियारको क्षेत्रीय कार्यालय बुटवलको टोलीले पराजुलीलाई उनकै कार्यालयबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com