नीलकण्ठ उप्रेती भारतका लागि राजदूत सिफारिस


प्रकाशित मिति : ३२ असार २०७५, सोमबार

सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको छ ।

मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेलाई सिफारिस भएका छन् ।

आज बसेको मन्त्रीपरिषद बैठकले दुई जना राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

यसअघि दीपकुमार उपाध्यायले प्रतिनिधिसभाको चुनाव लड्न भन्दै पदबाट राजीनामा दिएपछि भारतका लागि नेपाली राजदूत पद रिक्त रहेको थियो ।

यता आजको मन्त्रिपरिषद् बैठकले गरेको सो नियुक्ति संविधान विपरित रहेको बताइएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले उनको नियुक्ति संविधान विपरित रहेको भन्दै सामाजिक संजालमार्फत बहसमा ल्याएका छन् ।

संविधानको धारा २४५ को उपधारा ८ मा प्रमुख निर्वाचन आयुक्त भइसकेका व्यक्ति फेरि सरकारी पदमा रहन ग्राह्य नहुने उल्लेख गरिएको छ । संविधानको धारा २४५ को उपधारा ८ मा भनिएको छ, ‘निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त भइसकेका व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन ।’ यही सवाललाई उनले बहसमा ल्याएका हुन् ।

कुनै राजनीतिक पद वा कुनै विषयको अनुसन्धान, जाँचबुझ वा छानबिन गर्ने वा कुनै विषयको अध्ययन वा अन्वेषण गरी राय मन्तब्य वा सिफारिस पेश गर्ने कुनै पदमा नियुक्त भइ काम गर्न भने प्रमुख पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई संविधानले छुट दिएको छ ।

सरकारको सिफारिशपछि संघीय संसदको संसदीय सुनुवाई समितिको सुनुवाई पनि राजदूतको नियुक्ति राष्ट्रपतिले गर्ने व्यवस्था रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com