सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रिका अधिकारकर्मी पक्राउ


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ।

प्रहरीले बानेश्वरबाट प्रदर्शनमा उत्रिका २५ जना भन्दा बढी अधिकारकर्मीलाई पक्राउ गरेकोछ। सरकारले स्वतन्त्रता विरोधि र स्वेच्छाचारी गतिविधि गरेको भन्दै समाजले नागरिक प्रदर्शन गरिरहेकोछ। समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, लगायतका अधिकारकर्मी पक्राउ परेका छन्।

यस अघि समाजले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको धर्नामा समेत प्रहरीले हस्तक्षेप गरेको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com