विश्व च्याम्पियन फ्रान्सले पायो ४ अर्ब १५ करोड


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

दोस्रो पटक विश्वकप जित्ने क्रममा फ्रान्सले ३८ मिलियन डलर (करिब ४ अर्ब १५ करोड रूपैयाँ) नगद पुरस्कार हात पारेको छ ।

फाइनलमा पराजित भएको क्रोएसियाले २८ मिलियन डलर (३ अर्ब ५ करोड रुपैयाँ) जितेको छ । प्रतियोगिताका जम्मा ३२ टिमलार्इ फिफाले ४०० मिलियन डलर (४६ अर्ब ६३ करोड रुपैयाँ) दिइएको छ।

तेस्रो भएको बेल्जियमले पुरस्कारस्वरूप २४ मिलियन डलर (२ अर्ब ६१ करोड रुपैयाँ) र चौथो नम्बरमा रहेको इङ्ग्ल्यान्डलार्इ २२ मिलियन डलर (२ अर्ब ४० करोड रूपैयाँ) मिलेको छ।

क्वार्टर फाइनलमा हारेका उरुग्वे, ब्राजिल, स्वीडेन र रूसको भागमा १६-१६ मिलियन डलर (एक अर्ब ७५ करोड रुपैयाँ) परेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्कातिर प्रिक्वार्टर फाइनलमा हारेका अर्जेन्टिना, पोर्चुगल, डेनमार्क, स्पेन, मेक्सिको, जापान, स्विट्जरल्यान्ड र कोलम्बियाको टिमलार्इ १२-१२ मिलियन डलर (१ अर्ब ३० करोड रूपैयाँ) दिइएको छ ।

यसका अलावा ग्रुप स्टेजबाट बाहिरिएका टिमलार्इ पनि ८-८ मिलियन डलर (करिब ८८ करोड रुपैयाँ) नगद दिइएको छ । विश्वकपका लागि छनोट भएका हरेक टिमलार्इ १.५ मिलियन डलर (करिब १६ करोड ३७ लाख रुपैयाँ) तयारीका लागि दिइएको थियो । फिफाले क्लब बेनिफिट प्रोग्राममार्फत् खेलाडीलार्इ विश्वकपका लागि क्लबबाट रिलिज गराएकोमा सदस्य देशलार्इ २०९ मिलियन डलर (२२ अर्ब ५० करोड रूपैयाँ) दिएको थियो ।

क्रिकेट विश्वकपसँग तुलना गर्ने हो भने फुटबल विश्वकप जित्दा ३९ गुणा धेरै रकम विजेता टिमलार्इ दिइयो । क्रिकेट विश्वकपमा सन् २०१५ मा १ करोड डलर (करिब एक अर्ब ९ करोड रूपैयाँ) पुरस्कार दिइएको थियो ।

सन् २०१५ मा रग्बी विश्वकपमा जितेको न्युजील्यान्डको टिमलार्इ ४१ करोड रूपैयाँ ४१ लाख रुपैयाँ मिलेको थियो । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com