चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुँदै : प्रतिकार गर्ने काँग्रेसको तयारी


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

सरकारले आज बस्ने संसद बैठकमा चिकित्सा शिक्षा विधेयक संसदमा पेश गरेर साे माथि छलफल अघि बढाउने कार्यसूची तयार पारेको छ ।

असार २२ मा दर्ता गरिएको विधेयकलाई पाँच दिनपछि आज संसदको कार्यसूचीमा राखिएको हो । यसअघि अध्यादेशका रूपमा ल्याइएकाे साे एेनका महत्वपूर्ण अंश हटाएर नयाँ विधेयकका रूपमा दर्ता गराएपछि नेपाली काँग्रेसले संसदमा अवरोध गर्दै आएको थियो ।

हिजो पनि बैठकको कार्यसूचीमा विधेयक संसदमा पेश गर्ने बताए पनि संविधानसभाका पूर्व सदस्य तथा नेकपाका नेता मोहम्मद मुस्ताक आलमको निधनको शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको थियो ।

यसअघि शनिबार सत्तारूढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्काल वार्ता समिति बनाउने र विधेयक रोक्ने वचन डा. केसी पक्षधरलाई दिएका थिए ।

तर, सरकारले संसद कार्यसूचीमा विधेयकलाई राखेपछि चिकित्सक संघले सरकारको कदमप्रति आपत्ति जनाउँदै थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com