युएससीआईएसले थप कागजात पेश गर्ने अवशर नदिई ग्रिनकार्ड आवेदन अस्वीकार गर्नसक्ने


प्रकाशित मिति : असार ३१, २०७५ आईतबार

ग्रिनकार्ड लगायतका कैयन आवेदनमा अमेरिकी सरकारको युएससीआईएसले थप कागजात पेश गर्न आवेदकलाई मौका दिने गरेकोमा अब त्यस्तो मौका नदिइकनै आवेदनहरु अस्वीकार गर्न सक्ने भएको छ । आगामी सेप्टेम्बर ११ देखि लागु हुने नयाँ नियम अनुशार थप कागजातको अनुरोध (Request for Evidence RFE) वा अस्वीकार गर्ने आशयको सुचना (Notice of Intent to Deny NOID ) विना नै युएससीआईएसले ग्रिनकार्ड लगायतका कुनै आवेदन, पिटिसन वा अनुरोध अस्वीकार गर्न सक्ने भएको छ ।

यस अगाडि युएससीआईएसमा परेका ग्रिनकार्डका आवेदन स्वीकृत नभएको खण्डमा आवेदकलाई थप कागजात पेश गर्ने मौका सहित रिक्वेष्ट फर इभिडेन्स वा नोटिस अफ इन्टेन्ड टु डिनाइ जारी गरिन्थ्यो । त्यसो हुँदा आवेदकले थप कागजात पेश गरेर आफ्नो आवेदन स्वीकृत गराउन सक्थे । तर अब युएससीआईएसका अधिकारीहरुले आफ्नो विवेकका आधारमा आवेदनहरु कुनै मौका नै नदिइकन सिधा अस्वीकार गर्न समेत पाउने भएका छन् ।

डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल डाकाका सन्दर्भमा भने यो नियम लागु नहुने जनाइएको छ । अदालती आदेशका कारण डाकाका सन्दर्भमा भने युएससीआईएसले अनिवार्य रुपमा रिक्वेष्ट फर इभिडेन्स वा नोटिस अफ इन्टेन्ड टु डिनाइ जारी गर्नुपर्नेछ ।

सेप्टेम्बर ११ देखि लागु हुने निर्देशिकाको पूर्ण पाठ ।

नक्कली, ग्रिनकार्ड पाउने सम्भावना नै नभएका र हल्काफुल्का आवेदनका कारण अमेरिकी अध्यागमन प्रणाली बोझिलो हुँदा जायज आवेदनमा समेत ढिलाई भइरहेकाले अध्यागमन सुविधाका लागि दिइएका अपूर्ण र अयोग्य आवेदनहरु अधिकारीले सुरुमै अस्वीकृत गर्न सक्ने अधिकार दिइएको युएससीआईएसका निर्देशक एल फ्रान्सिस सिस्नाले जनाएका छन् । कंकाल र महत्वहीन आवेदनहरु दिएर अध्यागमन प्रणालीको दुरुपयोग गर्ने क्रम बढेकाले यसलाई रोक्न नयाँ निर्देशिका जारी गरिएको उनको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com