फोहोरका कारण दुर्गन्ध,हिडिसक्नु छैन काठमाडौ‌ं महानगर अन्योलमा


प्रकाशित मिति : असार ३१, २०७५ आईतबार

काठमाडौ‌ं महानगरपालिकाले एक महिनादेखि नियमित रुपमा फोहोर उठाउन छाडेपछि समस्या भएको छ । महानगरका सडक तथा खुल्ला ठाउँहरुमा असरल्ल फोहोर थुप्रिएका छन् ।

फोहोरका कारण दुर्गन्ध फैलिएपछि पैदल यात्रुहरुलाई सडक पेटीहरुमा हिडिसक्नु छैन।

वर्षातको समय भएकाले अन्य समयको तुलनामा चाडो फोहोर लिन आउनुपर्ने भएपनि एक महिनादेखि फोहोर लिन नआएको महानगरवासीहरुको गुनासो छ। ‘घर डम्पिङसाइट भइसक्यो, अझै नि केही समय फोहोर लिन आएनन् भने रोगकै सिकार बन्नुपर्ने स्थिति आइसक्यो,’ शान्तिनगरका सुशासन श्रेष्ठले दुखेसो पोखे।

काठमाडौं महानगरपालिका वातावरण शाखाका हरि कुवँरले नुवाकोटको सिसडोलमा बाटो बिग्रेका कारण फोहोर उठाउन कम भएको स्वीकार गरे । ‘फोहोर पटक्कै नउठाएको भन्न मिल्दैन, पहिलेको तुलनामा अलि कम मात्रामा उठाउने गरिएको हो,’ उनले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वर्षात्‌का कारण बाटो बिग्रिरहने र बनाइरहनपर्ने भएकाले नियमित व्यवस्थापनमा बाधा पुगेको कुवँरले बताए। सिसडोलमा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे बनेपाको फोहोर व्यवस्थापन हुँदै आएको छ। काठमाडौं उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ।

महानगरपालिकाबाट दैनिक रुपमा एक सय ३० वटा गाडीले फोहोर सिसडोलमा पुर्‍याउँदै आउँथ्यो भने अहिले मुस्किलले ५० गाडी पठाउन पनि समस्या छ। यसको कारण बाटो बिग्रनुमात्रै नभएर सिसडोलमा फोहोर व्यवस्थापन गर्ने क्षमता पनि भरिएको छ।

यसको वैकल्पिक व्यवस्थापनबारे महानगर अन्योलमा छ। वातावरण शाखाका हरि कुवँर भन्छन्, ‘फोहोर उपत्यकाभरीको हो, काठमाडौंको मात्रै होइन, सिसडोलको विकल्पबारे सरकारले सोच्नुपर्छ, त्यसपछि स्थानीय तह र स्थानीयहरु पनि सचेत हुनुपर्छ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com