ठमेलस्थित एउटा घरमा डा. केसी पक्ष र नेता नारायणकाजीबीच दुई घण्टा वार्ता


प्रकाशित मिति : असार ३१, २०७५ आईतबार

जुम्लाको खलङ्गामा १६ दिनदेखि आमरण अनशनरत प्राध्यापक डा. गोविन्द केसीको अनशन तोडाउन उनी पक्षधर र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठबीच करिब २ घण्टा वार्ता भएको छ ।

ठमेलस्थित एउटा घरमा डा. केसीका सहयोगी डा. अभिषेक सिंह र नेता श्रेष्ठबीच शनिबार राति दुई घण्टासम्म वार्ता भएको हो ।

यसलाई दुवैपक्षले सहमति जुटाउने अनौपचारिक प्रयास भनेका छन् । ‘सरकारले सहमति खोजी गर्न नेता श्रेष्ठलाई जिम्मेवारी दिएको सुनेका छौँ, हिजो भएको छलफलमा श्रेष्ठले डा केसीलाई काठमाडौँमा ल्याउने वातावराण बनाइदिन आग्रह गर्नुभयो ।’

अघिल्ला अनशनका क्रममा साता नबित्दै सरकारले वार्ता टोली बनाएको अवस्थामा यो पटक वाम नेतृत्वको सरकारले अनशनको १५ औँ दिन बित्दा पनि संवादहीनताको अवस्था थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘सरकारले नेता श्रेष्ठमार्फत् डा. केसीलाई काठमाडौँ ल्याउने पहलका लागि हामीलाई आग्रह गरेको छ’, सिंहले भने, ‘तर हामीले अनुरोध गर्दा मानिरहनु भएको छैन, सरकारले विश्वासको वातावरण नबनाएसम्म उहाँलाई काठमाडौँ ल्याउन सकिने अवस्था छैन ।’

सिंहका अनुसार श्रेष्ठसँग करिब ३ दिनदेखि फोनमा सम्बाद भइरहेको छ । ‘वार्ताका लागि वातावारण बनाउन नेता श्रेष्ठले हामीसँग तीन दिनदेखि निरन्तर सम्वाद गरिरहनु भएको छ’, सिंहले भने, ‘वान टु वान वार्ता भएको भने हिजाो मात्रै हो, अनौपचारिक छलफलबाट प्राराम्भीक समझदारी बनेको छ । हिजोको वार्ताको ‘इन्ड प्वाइन्ट’ भनेको वार्ता टोली बनाएर सम्भवतः आजै दुईपक्षबीच औपचारिक सम्बाद गरौँ भन्ने हो ।’

नेता श्रेष्ठले पनि आफूले प्रधानमन्त्रीकै इनिसेसनमा वार्ताको पहल गरिरहेको बताउँदै चाँडै निकास निस्कने बताएका छन् । ‘यसबारेमा सरकार गम्भीर छ, मैले यसमा पहल पनि गरिरहेहको छु, डा. केसीका सहयोगीहरुसँग निरन्तर सम्बादमा छु’, नेता श्रेष्ठले सञ्चारमाध्यमसँग भनेका छन्, ‘सम्भवत आजै (आइतवार) दुई पक्षबीच औपचारिक वार्ता भएर डा. केसीको जीवनरक्षाका लागि समझदारी हुन्छ ।’

तर डा. सिंह भने केसीको माग पुरा गराउन पहिले स्वास्थ्य विधेयक रोकिनुपर्ने बताउँछने् । ‘विधेयक धेरै ठाउँ तोडमोड गरिएको छ, विधेयकमा कम्तिमा पनि ४३ ठाउँमा परिवर्तन भएको छ’, उनले भने, ‘मेडिकल कलेजलाई सम्बन्धन एउटा पाटो हो तर छात्रवृत्तिको सवाल, मेडिकल कलेज सञ्चाजन गर्न कम्तिमा तीन वर्ष अस्पताल सञ्चालन गर्नुपर्ने प्रावधान पनि महत्वपूर्ण हुन् ।’

डा. सिंहले आफूहरुको तर्फबाट वार्ता टोली बनिसकेको बताउँदै सरकारले जहाँ भन्छ त्यहाँ गएर सम्वाद गर्न कुनै समस्या नरहेको स्पष्टिकरण दिए । ‘हाम्रो वार्ता टोली तयार छ, बोलाएको समय र बोलाएको ठाउँमा वार्ता गर्न हामी तयार छौँ’, उनले भने, ‘डा. केसीको स्वास्थ्यलाई ध्यान राखेर पनि अब सरकारले सहमतिका लागि तयार हुनुपर्छ ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com