स्वास्थ्यका कर्मचारी विदेश भ्रमणमा मस्त


प्रकाशित मिति : कार्तिक २७, २०७३ शनिबार

स्वास्थ्य मन्त्रालय र मातहतका कर्मचारीले तालिम अवलोकन भ्रमण तथा गोष्ठीका नाममा एक वर्षमा पाँच सय २० पटक विदेश भ्रमण गरेका छन् । विभिन्न देश र दातृ निकायले आयोजना गरेका कार्यक्रममा स्वास्थ्यमन्त्रीदेखि विभिन्न तहका कर्मचारी विदेश भ्रमणमा गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारका स्वास्थ्यमन्त्री रामजनम चौधरी नौ महिनाको अवधिमा तीनपटक विदेश भ्रमणमा गएका छन् । उनी दुईपटक विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा सम्मेलन र मिटिङमा भाग लिन गएको मन्त्रालयको रेकर्डमा छ भने एकपटक हैदराबाद गएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, तत्कालीन स्वास्थ्यसचिव एक वर्षमा सातपटक विदेश भ्रमणमा गएको पाइएको छ । उनी जेनेभा, टिमोर, इन्डोनेसिया, बैंकक, नयाँ दिल्लीलगायत ठाउँ गएका हुन् ।

एकैपटक १८ जना भ्रमणमा

विनाशकारी भूकम्पपछि पुनर्निर्माणको अनुभवका लागि भन्दै विश्व स्वास्थ्य संगठनले गत फेब्रुअरी १५ देखि १९ सम्म भारतको गुजरातमा १८ जनालाई अवलोकन भ्रमण गराएको थियो । त्यसैगरी, स्वास्थ्य बीमाको कार्यक्रमका लागि तत्कालीन स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा सातजना जर्मनी गएको थियो । त्यसको दुई महिना पनि नपुग्दै स्वास्थ्य बीमाको अवलोकन भ्रमण गर्न भन्दै हालका सचिव (तत्कालीन प्रमुख विशेषज्ञ) डा. सेनेन्द्रराज उप्रेतीको नेतृत्वमा नौजनाको अर्को टोली गुजरात नै गएको थियो । त्यसैगरी एक महिनाको बीचमा १७ जना कर्मचारी चीन भ्रमणमा गएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धेरै भ्रमण जानेका मन्त्रालय र विभागका कर्मचारी

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी विदेश भ्रमण जानेमा नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय शाखाका प्रमुख र कर्मचारी रहेका छन् । अन्तर्राष्ट्रिय समन्वय हेरिरहेका प्रमुख विशेषज्ञ डा. पदमबहादुर चन्द मन्त्रालयको तर्फबाट एक वर्षमा १० पटक विदेश गएका छन् । त्यसबाहेक उनी व्यक्तिगत निमन्त्रणाको आधारमा पनि धेरैपटक गएको मन्त्रालय स्रोतको दाबी छ । त्यसैगरी, सोही महाशाखामा रहेर हाल जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख रहेका महेन्द्रप्रसाद श्रेष्ठ पनि डा. चन्दकै हाराहारीमा विदेश भ्रमण गरेका छन् ।

त्यसैगरी, पटक–पटक विदेश भ्रमण गर्नेहरूमा हालका सचिव (तत्कालीन प्रमुख विशेषज्ञ) डा. सेनेन्द्रराज उप्रेती, बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. राजेन्द्र पन्त, कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे, आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष डा. झलक शर्मा पौडेल, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. तारानाथ पोख्रेल, स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. पुष्पा चौधरी, प्रमुख विशेषज्ञ डा. किरण रेग्मी, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीमप्रसाद आचार्य छन् ।

नियमन गर्न निर्देशिका बन्दै

प्रभावका आधारमा पटक–पटक एउटै व्यक्ति वैदेशिक भ्रमणमा जाने प्रवृत्तिलाई रोक्न निर्देशिका तयार गरिरहेको नीति–योजना महाशाखाका जनस्वास्थ्य प्रमुख भोगेन्द्रराज डोटेलले बताए । हाल कुनै पनि मापदण्ड नरहेको हुँदा पहुँच र प्रभावका आधारमा वैदेशिक तालिम तथा कार्यक्रममा मन्त्रालयको तर्फबाट सामेल हुँदै आएका नयाँ पत्रिकामा खबर छ । उनले यसै साताभित्र सो निर्देशिका मन्त्रालयले जारी गरिसक्ने जानकारी दिए । ‘अब औचित्यका आधारमा वैदेशिक कार्यक्रममा पठाउने गरी निर्देशिका तयारी गरिरहेका छौँ,’ महाशाखा प्रमुख डोटेलले भने, ‘यसले अनावश्यक मानिसको विदेश जाने भीड घट्छ ।’

धेरै विदेश लाने डब्लुएचओ

स्वास्थ्यका कर्मचारीलाई सबैभन्दा बढी विदेश लैजानेमा विश्व स्वास्थ्य संगठन छ । उसले एक वर्षमा २४० कर्मचारीलाई तालिम, अवलोकन र गोष्ठीमा सहभागी गराउन विदेश लगेको मन्त्रालयको छात्रवृत्ति शाखाले जनाएको छ । त्यसपछि चीनले स्वास्थ्यका कर्मचारीलाई आफ्नो देश भ्रमण गराएको छ । जडीबुटीसम्बन्धी अध्ययन, अनुसन्धान र विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रममा उसले भ्रमण गराएको हो । तेस्रो नम्बरमा युएनका अन्य दातृ निकाय, युएसएआइडी र युनिसेफ रहेका छन् । तिनीहरूको सहयोगमा २९ जनाले विदेश भ्रमण गरेका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com