यातायात क्षेत्रकाे सिण्डिकेटप्रति सरकार पछि हट्यो, यातायात समिति तत्काल खारेज नहुने


प्रकाशित मिति : असार ३१, २०७५ आईतबार

यातायात क्षेत्रमा सिण्डिकेट अन्त्य गर्ने घोषणाप्रति सरकार पछि हटेको छ । सरकारले साउनदेखि यातायातको सिण्डिकेट ‘वैधानिक अन्त्य’ गर्ने घोषणा गरेपनि यातायात समिति तत्काल खारेज नगर्ने भएको छ ।

सरकारले यातायात समितिहरुलाई अझै वैधानिकताको समय दिने र खोसिएका सुविधा फिर्ता दिने तयारी गरेपछि व्यवहारतः सिण्डिकेट तत्काल अन्त्य नहुने पक्का भएको हो ।
सरकारले निर्णय अनुसार यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिईने भएको हो । साउन १ गतेदेखि समितिहरु नवीकरण नगर्ने निर्णय लिएको सरकारले समितिहरुको अस्तित्व तत्काल नै ‘अवैधानिक’ नहुने गरी अर्को निर्णय गर्ने योजना बनाएको हो ।

अब मन्त्रिपरिषद बैठकबाटै समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी छ । मन्त्रिपरिषद बैठक सोमबार बस्दैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com