पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्ने


प्रकाशित मिति : असार ३१, २०७५ आईतबार

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्नुहुने भएको छ । हेल्सीन्की शिखर सम्मेलनपछि उहाँहरुले पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

क्रेमलिनका प्रवक्ताले आउँदो हप्ता हुने शिखर सम्मेलनपछि उहाँहरूले संयुक्त वक्तव्य नै जारी गर्ने निश्चित भने नभएको शुक्रबार जानकारी दिनुभयो । “दुई जना राष्ट्रपतिको संयुक्त पत्रकार सम्मेलन हुने छ,” प्रवक्ता दिमित्री मेद्भेदेभले पत्रकारहरुसँग भन्नुभयो ।

उहाँले शिखर सम्मेलनका बारेमा दुई राष्ट्रपति पुटिन र ट्रम्पको पहिलो बैठक आउँदो सोमबार हुने जानकारी पनि दिनुभयो । विश्वमा एक अर्काले ठिक विपरित धारको नेतृत्व गर्दै आउनु भएका पुटिन र ट्रम्पको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

यसअघि ब्रसेल्समा भएको अर्को एउटा शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले समकक्षी पुटिनलाई शत्रु नभई प्रतिस्पर्धीको रुपमा लिएको बताउनु भएको थियो । उहाँले पुटिनलाई दुई पटक भेटेपनि पर्याप्त चिनजान हुन नसकेको र अव हुने भेटबाट राम्रो साथी बन्न सक्ने टिप्पणी गर्नु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि उहाँहरुकाबीचमा गत बर्षको नोभेम्बरमा भएको एपेक शिखर सम्मेलनका क्रममा भियतनाममा पछिल्लो भेटवार्ता भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com