Follow @khasokhasmag

बेलायती प्रधानमन्त्रीको आलोचनासम्बन्धी समाचार भ्रामक हो : ट्रम्प


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट योजनाबारे बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मेको आलोचनाबारे आएका सबै खबरहरू ‘भ्रामक समाचार’ मात्र भएको शुक्रबार बताउनुभएको हो ।

“मैले प्रधानमन्त्रीको आलोचना गरेको छैन, यसलाई भ्रामक खबर भनिन्छ,” ट्रम्पले द सन पत्रिकाको शुक्रबारको अन्तवार्ता संस्करणका विषयमा बोल्दै भन्नुभयो ।

यसैबीच ट्रम्पले अन्तर्वार्तामा बे्रक्जिटका सम्बन्धमा बेलायती प्रधानमन्त्री टरिजा मेको आलोचना गरेका भन्दै राजधानी लण्डनमा अमेरिकी राष्ट्रपतिको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com