अपराध महाशाखामै हाजिर हुँदै सर्वेन्द्र


प्रकाशित मिति : कार्तिक २६, २०७३ शुक्रबार

नेपाल प्रहरीका एसएसपी सवेन्द्र खनाल अमेरिकास्थित होनलुलुको हवाई शहरमा आयोजित ‘एडभान्स सेक्युरिटी कोर्स’ सकेर फर्किएका छन् ।

डेढ महिना लामो सेक्युरिटी कोर्स सकेर बुधवार अबेर उनी काठमाडौं आईपुगेका हुन् । विश्वका विभिन्न ४६ देशबाट छानिएका सुरक्षा अधिकारी, न्यायाधीश र केही मुलुकका सांसदहरु समेत सहभागि सुरक्षा तालिम उपलब्धिमुलक रहेको खनालले बताए ।

तालिमबाट फर्केपछि प्रहरी प्रधान कार्यालयमा हाजिर हुने मानसिकता बोकेर अमेरिका उडेका खनाल पुनःमहानगरीय अपराध महाशाखामै हाजिर हुने भएका छन् ।

गृहमन्त्री र आइजिपीको सम्वन्धमा चिसोपन आएका कारण अवधी पुगेका एसपी र एसएसपीहरुको सरुवा रोकिएको छ । एसपी र एसएसपीहरुको सरुवा सामान्यतया एक बर्षमा हुने भएपनि खनाल महाशाखा गएको करिब १६ महिना भैसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अपराध महाशाखामै हाजिर हुने जानकारी दिँदै खनालले भने, ‘सरुवा निस्केको छैन, महाशाखामै हाजिर हुन्छु ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com