महानिरीक्षक अर्याल हटाउन प्रचण्ड र देउवाको सहमति !

प्रकाशित मिति : कार्तिक २६, २०७३ शुक्रबार

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई नियमावली संशोधनमार्फत पदावधी घटाएर फ्याँक्ने खेलको अन्तिम शृंखला कार्यान्वयन हुने संकेत देखिएको छ ।प्रहरीको संघीय संरचना कार्यान्वयनका लागि भइरहेको छलफलमा अर्याललाई फुली बढाएर प्रहरी महानिर्देशक र पछि महानिर्देशक बनाउने खेल अन्तिम चरणमा पुगेको स्रोतले दाबी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, माओवादी केन्द्रका केही नेता र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच अर्याललाई हटाएर दुबै दलको सहमतिमा हालका एआईजीमध्ये एकलाई प्रहरी महानिरीक्षक र पछि प्रहरी महानिर्देशक बनाउने सहमति जुटेको हो ।

दुबै दलमा हामका एआइजीहरू आफैं र आफू निकटष्थको सहयोगमा लबिङ गरिरहेका छन् । प्रहरी महानिरीक्षक अर्याल हटाउन प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच सहमति जुटाउन पहल भइरहेको स्रोतले जनायो ।

गृहमन्त्री निधिका पुराना सहयोगी अर्याल भएकाले उनले राजीनामा दिएर निकास दिन आग्रह समेत गरेको स्रोतले बतायो । पछिल्लो समय टीकापुर घटना, एसपी तानिएको विषय र सरूवाको कारण सम्बन्धमा तिक्तता आएको अनुमान गरिएको नागरिकमा खबर छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com