महान् खेलाडी पेलेसँग तुलना गरिएका एम्बाप्पेले फ्रान्सलाई जिताउन सक्लान् त विश्वकप ?


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

फ्रान्सका टिनएजर खेलाडी कायलिन एम्बाप्पे यतिवेला विश्व फुटबलमा हटकेक बनेका छन् । १९ वर्षका यी फरवार्डलाइ अहिले फुटबल खेलका सर्वकालिन् महान् खेलाडी ब्राजिलका पेलेसँग तुलना गर्न थालिएको छ ।

एम्बाप्पेको चर्चा रुस विश्वकपमा त्यतिवेला चुलियो जब उनले लियोनेल मेस्सिको टोली अर्जेन्टिनाविरुद्ध एक्लै दुइ गोल गरे । एम्बाप्पेको दुइ गोलको मद्धतले नै फ्रान्सले उक्त खेलमा अर्जेन्टिनालाइ चार तीन गोलले पराजित गरेको थियो । उक्त खेलपछि एम्बाप्पेलाइ आधुनिक फुटबलको पेले भन्न थालिएका छ ।

एम्बाप्पेको फुटबल खेल्ने शैली पेलेको जस्तै रहेको मन्नेहरु धेरै भेटिए । उनको बल ड्रिब्लिग गर्ने शैली, बललाइ विपक्षी खेलाडीबाट छलाएर अगाडी बढाउने तरिका र पाएको पासको सदुपयोग गर्दै गोल गर्ने शैली सबै पेलेकै जस्तो रहेको धेरैले बताए ।

फुटबल पण्डितहरुले त एम्बाप्पेलाइ ब्राजिलका पेले र ब्राजिलकै अर्का सुपरस्टार सट्राइकर रोनाल्डोको समिश्रण पनि भनेका छन् । एम्बापेको खेल कौशलले उनी विश्व खेलका नयाँ स्टार हुन् भन्दा फरक नपर्ला । रुस विश्वकपमा उनले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्ता सुपरस्टार खेलाडीको खेललाई बिर्साउँदै सबैलाई आश्चर्यमा पारेका छन् ।

विस्तृत जानकारीको लागि केन्द्रविन्दुको यो भिडियो हेर्नुहोस्

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com