जबर्जस्ती करणीपछि हत्या गरेको अभियोगमा प्रहरीद्वारा कैलालीमा ५ पक्राउ


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

जबर्जस्ती करणीपछि हत्या गरेको अभियोगमा प्रहरीले कैलालीमा ५ जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

प्रहरीले गौरीगंगा नगरपालिका ११ शिवपुरका गणेश बडु्वाल, सोही ठाउँका मनोज बोगटी,सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटी रहेका छन् । उनीहरुमध्ये गणेश बडुवाल र मनोज बोगटी मुख्य योजनाकार रहेको प्रहरीले बताएको छ । बलात्कार पछि हत्या गरिएकी युवती गत असार ५ गतेदेखि गौरीगंगा नगरपालिकाकी सामाजिक परिचालकको रुपमा कार्यरत थिइन ।

हत्या आरोपित बडुवाल र सुरज चौधरीसमेत सोही पदमा कार्यरत थिए । गएको असार १२ गतेदेखि हराएकी कैलाली गौरीगंगा नगरपालिका ११ कि २१ वर्षकी माया विक असार १५ गते मृत अवस्थामा भेटिएकी थिइन् ।

मृतक मायाको हात पछाडि लगेर सुरुवालले बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार असार १२ गते काम सकेर फर्कने क्रममा जंगलको बीचमा पुगेपछि बडुवाल र चौधरीले मायालाई जबर्जस्ती गर्दै जंगल भित्र लगेका थिए ।

मायाको मृत्यु भएपछि शव त्यही छोडेर उनीहरु भागेका थिए । आफन्तले माया हराएको भन्दै असार १४ गते प्रहरीलाई निबेदन दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com