ट्राफिक प्रहरीद्धारा ३३ वटा मोटरसाइकल हस्तान्तरण


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल बरामद गरी ट्राफिक प्रहरीले सवारी धनीलाई जिम्मा लगाएको छ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाले हराएर भेटिएका ३१ वटा मोटरसाइकल शुक्रवार पत्रकार सम्मेलन गरेर हस्तान्तरण गरेको हो ।

शुक्रवार बंगीखानामा आयोजित कार्यक्रममा प्रहरी उपरिक्षक शुरेन्द्र प्रशाद मैनालीले २२ वटा मोटरसाइकल धनीको जिम्मा लगाएका हुन्।
अन्य बाकि मोटरसाईकल सम्वन्धित सवारी धनि नआई पुगेको हुदा हस्तान्तरण गर्न बाकि रहेको छ ।

हस्तान्तरण कार्यक्रममा मोटरसाइकल पार्किङ गर्दा एकान्तस्थानमा नगर्ने, रातको समयमा उज्यालो स्थानमा मात्र पार्किङ गर्ने, अस्पताल क्षेत्रमा पार्किङ गर्दा सतर्कता अपनाउने र मोटरसाइकलमा डवल लक राख्न प्रहरीले सुझाव दिएको छ ।

गत आर्थिक वर्ष २०७४\०७५ मा १ हजार ७५ ओटा मोटरसाईल चोरी भएको निवेदन परेपनि २ सय ४३ ओट चोरीभएका मोटरसाईकल उपत्यकाको विभिन्न स्थानवाट फेला पारी अनुसन्धान पछि सम्वन्धित धनिलाई हस्तान्तरण गरिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com