नेदरल्याण्ड्सविरुद्धको खेलका लागि विनोद,सुवास र प्रदिपको कमब्याक,को–को परे टिममा ?


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

नेदरल्याण्ड्सविरुद्धको खेलका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ । बेलायतमा हुन मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सविरुद्धको खेल र नेदरल्याण्ड्स हुने घरेलु टिमविरुद्धको एकदिवसीय खेलका लागि २० सदस्यीय टिमको घोषणा गरेको छ ।

दुई वटा अन्तर्राष्ट्रिय श्रृखंलाका लागि घोषणा गरिएको टिममा विनोद भण्डारी र सुवास खकुरेल, प्रदिप ऐरीले कमब्याक गरेका छन । यस्तै हरि क्षेत्रीले पहिलो पटक टिममा स्थान बनाएका छन । पारस खड्काको कप्तानीमा रहेको टिममा अनिल शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, हरि क्षेत्री, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल, सुनिल धमला, सुसान भारी रहेका छन ।

पछिल्लो समय सुबास घाइते भएका कारण राष्ट्रिय टोलीमा समावेश थिएनन् भने बिनोदले विश्व क्रिकेट लिग डिभिजन टु र विश्वकप छनोट खराब फर्मका कारण गुमाएका थिए । तर बिनोद विश्वकप छनोटको बैकल्पिकमा भने पर्न सफल भएका थिए । त्यस्तै कुनै समय नेपाली टोलीको ओपनर प्रदिप भने तीन वर्षको अन्तरालमा राष्ट्रिय टोलीमा पर्न सफल भएका हुन् ।

आज सार्वजनिक गरिएको टोलीमा प्रधानमन्त्री कपमा आफ्नो छबि छाड्न सफल हरी क्षेत्रीले पनि अन्तिम २० मा आफ्नो नाम राख्न सफल भएका छन् । हाल २० जनाको नाम सार्वजनिक गरिएता पनि युरोप भ्रमणमा १५ जना खेलाडी लगिने नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालले जुलाई २९ तारिखमा मेक्का अफ क्रिकेट भनेर चिनिने लर्डस क्रिकेट मैदानमा नेदरल्यान्ड्स र एमसिसी सम्मिलित त्रिकोणिय ट्वान्टि ट्वान्टि खेल खेल्ने छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसिसी० ले यस अघि नै नेपाल र नेदरल्यान्ड्सको खेलका लागि ट्वान्टि ट्वान्टि अन्तर्राष्ट्रियको मान्यता दिइसकेको छ । त्यस्तै नेपालले आगामी महिनाको अगष्ट एक र तीन तारिखमा नेदरल्यान्ड्मा आयोजना हुने आफ्नो डेब्यु एकदिवशिय खेल पनि खेल्ने छ ।

नेपालले यही जुलाई २९ तारिखमा लर्डमा त्रिकोणात्मक श्रृखंला खेल्नेछ । टी–२० फरम्याटमा हुने प्रतियोगितामा नेपालसहित एमसीसी र डच टिमको सहभागिता रहेको छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिएको छ । त्यसपछि नेपाली टिम दुई एकदिवसीय खेलका लागि नेदरल्याण्ड्स जानेछ । जहाँ नेपालले घरेलु टिमसँग अगष्ट १ र ३ मा दुई खेल खेल्नेछ । नेपाली टिमले भोलिदेखि बन्द प्रशिक्षण गर्नेछ ।

बन्द प्रशिक्षणमा पर्न सफल २० जना खेलाडीहरु

पारसा खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
सन्दिप लामिछाने
शरद भेषवाकर
बसन्त रेग्मि
सोमपाल कामी
दिपेन्द्र सिंह ऐरी
रोहित कुमार पौडेल
आरिफ शेख
अनिल कुमार शाह
बिनोद भण्डारी
हरि क्षेत्री
करण केसी
ललित सिंह भण्डारी
ललित नारायण राजवंशी
प्रदिप ऐरी
शक्ति गौचन
सुनिल धमला
सुशन भारी
सुबास खकुरेल

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com