अमेरिकी सिमाक्षेत्रमा बिछोडिएका बालबालिकाका बाबुआमा निर्धारण गर्न डीएनए परिक्षण


प्रकाशित मिति : असार २१, २०७५ बिहीबार

सिमाक्षेत्रबाट अमेरिका छिर्ने कागजपत्रविहिनहरुका बालबालिकाहरुलाई बाबुआमाबाट अलग राखिएको भन्दै विरोध भएकोमा वास्तविक बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु गरिएको छ । बालबालिकालाई बाबुआमासँग भेटाउनु अगाडि वास्तविक बाबुआमा भए नभएको सुनिश्चित गर्न डीएनए परिक्षण सुरु गरिएको संघीय अधिकारीहरुले पुष्टी गरेका छन् ।

मानव तस्करहरुले नक्कली पारिवारिक युनिट खडा गरेर कागजपत्रविहिनहरुलाई अमेरिका छिराउने क्रम बढेपछि अमेरिकी सरकारले यो उपाय अपनाउन थालेको हो । अमेरिकी सरकारले बाबुआमा वा अन्य आफन्तसँग नाता प्रमाणित नभएको, बाबुआमासँग राख्दा बालबालिकाहरु जोखिममा पर्न सक्ने अवस्था रहेको वा बाबुआमालाई अपराधको अभियोग लागेको सन्दर्भमा सिमाक्षेत्रबाट अमेरिका छिर्ने बालबालिकाहरुलाई छुट्टै हिराशतमा राख्दै आएको छ ।

विगत दुई महिनाको अवधिमा यसरी २५ सय बालबालिकाहरुलाई अलग राखिएका रिपोर्टहरु सार्वजनिक भइरहेका छन् । अफिस अफ रिफ्युजी रिसेटलमेन्टमा बाबुआमाबाट अलग राखिएका बालबालिकाहरु टेक्सासमा सबैभन्दा धेरै रहेको छन् । टेक्सासमा ९४४, एरिजोनामा ३७९, न्युयोर्कमा ३२७, फ्लोरिडामा १७९ , इलिनोयमा ६५ र अन्य राज्यमा त्यो भन्दा कम रहेको तथ्यांकले देखाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परिवारलाई एकतृत गर्न राष्ट्रपति ट्रम्पले दिएको कार्यकारी आदेश र अदालती आदेशपछि ट्रम्प प्रशासनसमक्ष केही डेडलाइनहरु रहेका छन् । आगामी शुक्रबारसम्म सरकारी अधिकारीहरुले बिछोडिएका बालबालिकालाई बाबुआमासँग भेटाउन उपायको पहिचान गरिसक्नुपर्नेछ । अर्को मंगलबारसम्म ५ बर्ष मुनिका बालबालिकाहरुलाई बाबुआमासँग मिलाइसक्नुपर्नेछ । आगामी जुलाई २६ सम्म सबै बालबालिकाहरुलाई बाबुआमासँग मिलाउनुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com