शरण खोज्ने र कागजपत्रविहिनलाई लामो प्रकृयाविनै देशनिकाला गर्ने कानुन बनाउन संसदसँग ट्रम्पको माग
प्रकाशित मिति : असार २१, २०७५ बिहीबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/07/Screen-Shot-2018-07-05-at-11.39.03-AM.png?fit=800%2C528&ssl=1)
स्वतन्त्रता दिवसको भोलिपल्टै बिहिबार विहान लगातार तीनवटा ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै लामो प्रकृयाविनै शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन पारित गर्न संसदलाई आग्रह गरेका छन् । अमेरिकाको लामो र महँगो प्रकृया मूर्खतापूर्ण रहेको भन्दै संसदले स्मार्ट, छिटो र तार्किक अध्यागमन कानुन पारित गर्नुपर्ने ट्रम्पले बताएका छन् ।
सिमानामा कानुन कार्यान्वन इकाई असाध्यै राम्रो काम गरिरहेको तर उनीहरुले पालना गरिरहेको कानुन पागल रहेको ट्रम्पले बताएका छन् । बालबच्चासहित वा विनै अमेरिका प्रवेश गर्ने कागजपत्रविहिनलाई लामो र महँगो परिक्षण बिनै उनीहरुको देशमा फिर्ता पठाउनुपर्ने ट्रम्पको भनाई छ । हजारौं नयाँ न्यायाधिसहरु नियुक्त गरेरमात्र यो समस्याको समाधान नहुने भन्दै ट्रम्पले भनेका छन् – ‘संसद, यो पागलपूर्ण अध्यागमन कानुनको अहिले नै मर्मत गर ।’