अष्ट्रेलियामा नागरिकता परिक्षामा फेल भएर भन्दा अन्य कारणले नागरिकता नपाउनेहरु बढी


प्रकाशित मिति : असार २१, २०७५ बिहीबार

अष्ट्रेलियाको नागरिकताको लागि अप्लाई गर्नेहरु मध्ये गत वर्ष ४ हजार जनाले नागरिकता पाउन सकेनन् । ती ४ हजार मध्ये १८ सय ६६ जनाले मात्र नागरिकता सम्बन्धि परिक्षा पास गर्न सकेका थिएनन् ।

एसबिएस न्युजका अनुसार, भारतका सागर शाह नागरिकताको परिक्षा पास गर्ने तर नागरिकता नपाउने मध्येका एक हुन् । अष्ट्रेलियामा बसोवास गर्दै आएका सागर नागरिकताको लागि अप्लाई गरेपछि भारत गए । भारतमा तीन वर्ष बसेपछि मात्र उनी अष्ट्रेलिया फर्के । यही कारण देखाउंदै उनलाई नागरिकता दिइएन। अधिकारीहरुका अनुसार, सागर तीन वर्षसम्म अष्ट्रेलिया बाहिर बस्नु भनेको, अष्ट्रेलिया संग उनको बलियो सम्बन्ध नहुनु र उनी अष्ट्रेलियामा बस्न नचाहनु हो ।

सागरका अनुसार भने, आफ्ना बाबु पक्षघात बिमारले थला परेका कारण उनी लामो समय भारत बस्नु परेको थियो। त्यहाँ उनले बुवाको हेरविचार र परिवारको व्यवसायलाई रेखदेख गर्नुपर्ने थियो ।

त्यस्तै, रितनेश कुमारले पनि नागरिकता पाउन सकेनन् । धेरै पटक ट्राफिक नियम तोडेका कारण उनलाई नागरिकता नदिइको हो ।

परिक्षामा फेल भएका बाहेक, नागरिकता नपाउनेहरु नियम तोडेको रेकर्ड भएका, विभिन्न मुद्दा झेलेका, परिचय प्रामाणित गर्न नभएका आदि छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com