पहिरोमाथिबाट जोखिम यात्रा,पहिरो खस्दै गरे पनि हिँडेरै पार गर्दै


प्रकाशित मिति : असार २०, २०७५ बुधबार

चितवनको रामपुरका झकबहादुर गुरुङ पहिरो खस्ने डरले बिहानै गोरखाको भच्छेक जान परिवारसहित बसमा आउनुभएको थियो । तर, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तोपेखोलाको छेवैमा खसेको पहिरोले उहाँको यात्रा रोकियो ।

“जरुरी कामका लागि जान लागेको नगै भा’ छैन सर”– पहिरो पन्छाउन खटिएका एकजना प्रहरी अधिकारीलाई उहाँले अनुनय गर्नुभयो ।

प्रहरीको अनुमति पाएपछि उहाँले पहिरो खस्दै गरे पनि हिँडेरै पहिरो छिचोल्नुभयो । पिठ्यूँमा भारीको पोको बोकेर घरी पहिरो खसेतिर नियाल्दै घरी पहिरोको थुप्रोमा दगुर्दै उहाँले तोपेखोला र कालिका खोलाको पहिरो पार गर्नुभयो । “धन्न पहिरो पार भयो,” लामो सास फेर्दै गुरुङले भन्नुभयो – “अब हिँडेरै पनि गइन्छ । तोपेखोलाबाट मुग्लिन आइपुग्न करिब ३ किलोमिटर छ ।”

हिडँ्दै गर्दा लोकल रुटमा एउटा गाडी फेला प¥यो । तीन किलोमिटरको दूरीको रु ५० प्रतिव्यक्ति तिरेर उहाँ अपराह्न मुग्लिन आइपुग्नुभयो । उहाँ मात्रै होइन बुधबार यसरी पहिरो खस्दै गर्दा दौडिएर पार गर्ने यहाँ धेरै यात्रु थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, मुग्लिनतर्फबाट गएका यात्रु पनि पोका पुन्तुरासहित आफूले यात्रा गरेको गाडी छाडेर पैदलै पहिरो पार गर्दै थिए । पहिरोमाथि यात्रुको ताँतीले लोडर र डोजरलाई बेलामा काम गर्न पनि समस्या हुन्थ्यो । कामदारहरु रिसाउँथे पनि ।

कोही बिरामी भेट्न आएको भन्दै प्रहरीसँग हारगुहार माग्दै पैदल जान दिन अनुरोध गर्दथे । कोही आफन्त बितेकाले जसरी पनि नगई भएन भन्थे । कोही ‘हामी मरे नि मर्छौं’ भन्दै जबरजस्ती जाने पनि थिए । प्रहरीका अनुसार कहिलेकाहीँ त यात्रुलाई रोक्दा रोक्दै झगडै हुन्थ्यो । यस्ता अटेर गर्ने यात्रुको जिद्दिमाथि प्रहरीको केही सिप चलेन । पहिरो खस्न थाले पछि पुनः भागेर फर्कने यात्रु पनि थिए ।

दिनभर पहिरोग्रस्त क्षेत्रमा खटिनुभएका चितवनका ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतम यात्रुले नै जबरजस्ती गरेपछि आफूहरुले रोक्नै नसकेको बताउनुहुन्छ । कतिपय विद्यार्थी जाँच छ भन्दै पहिरो पार गरेर जान्थे । उनीहरुको बहानामा अन्य यात्रुहरुले समेत पैदलै यात्रा तय गरेका थिए ।

हिम्मत भएकाहरु हिँडेर पार गर्थे भने कतिपय यात्रु गाडी जहिले गुड्छ, त्यहीबेला जाने भनेर पर्खेका पनि थिए । कतिपय गाडीहरु बीचबाटैबाट फर्किएका थिए । तर जोखिम मोलेर पहिरो छिचोल्दै जानेको संख्या यथेष्टै थियो ।

चितवनको रत्ननगरका अनिल भट्ट बिहान ३ बजे उठेर माइक्रोबसमा काठमाडौँ जान आउनुभयो । पाँच बजे तोपे खोला आइपुग्दा उहाँको यात्रा रोकियो । गाडी नगएपछि उहाँ पुनः चितवन नै फर्कनुभयो ।

चितवनबाट माइक्रोबस लिएर काठमाडौँ आउँदै गरेका भरतपुरका गाडी चालक विकास गुरुङ पनि बिहान ५ बजे तोपेखोला आइपुग्नुभएको थियो । बाटो खुल्छ कि भनेर बिहान ११ बजेसम्म कुर्दा कुनै छनक नपाएपछि उहाँले पनि गाडी भरतपुर नै फर्काउनुभयो ।

सो क्षेत्रमा कतै विद्युत्का तार छिनेका छन्, कतै पोल ढलेका छन् । पहिरोको माटो र ढुंगा त्रिशूली किनारमा यत्रतत्र देखिन्छ । वारपार नै पहिराका लामालामा धब्बा र गाडीका लाइन थिए । महँगोमा खानेकुरासमेत बिक्री वितरण भइरहेका देखिन्थ्यो ।

यस्तो छ तोपेखोलाको अवस्था
गत आइतवार बिहान ११ः५० बजेको समयमा तोपेखोला छेउमा ठूलो पहिरो खसेर अबरुद्ध भएको सडक राति आठ बजे सञ्चालनमा आएको थियो । त्यसको केही दिन अघिपनि यहाँ पहिरो गएर घन्टौं सडक बन्द हुन पुगेको छ ।

आज बिहान ५ः३० बजे खसेको पहिरो हटाएर दुईतर्फी सडक खुल्न झण्डै ११ घण्टा लाग्यो । अपराह्न ४ः३० बजे सडक खुल्यो । यो साल मात्रै तोपेखोलामा तीन वटा पहिरो खसिसकेका छन् । आज तोपेखोलासँगै कालिका खोलामा समेत पहिरो खसेको थियो ।

“कमजोर भू–बनोटले गर्दा पहिरो खसेको हा,े” नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनाल भन्नुहुन्छ – “अहिलेसम्म तोपेखोलामा मात्रै १४÷१५ पटक पहिरो खसिसक्यो ।”

झन्डै २०० मिटरमाथिबाट पहिरो खस्ने गरेको छ । भित्तोको तल्लोभाग घोप्टो पारेर काटिएको छ । त्यसैले पनि पहिरो खस्न बल पुगेको देखिन्छ । त्यसमाथि कमजोर भू–बनोटले अझै यहाँको धेरै भाग खस्न ठिक्क परेको छ । निस्कन लागेका ढुङ्गा र फुको माटोको भित्तो छ । छेवैमा पहिरो रोक्न लगाइएको रक नेटिङ प्रणाली छ । त्यसको केही तारको भाग समेत पहिरोले लगेको छ ।

बाँकी रक नेटिङलाई समेत बगाउने अवस्था देखिएको छ । तल्लो भागदेखि नै जमिन भस्केकाले यहाँ जाली लगाएर गरिएको रक नेटिङ प्रभावकारी नहोला जस्तो देखिएको बताउनुहुन्छ फिल्डमा खटिनुभएका ओभरसियर प्रकाश भण्डारी ।

पछिल्लो समयमा तोपेखोला, जलवीरे, मुग्लिन डाँडा, कालीखोला, चार किलो र पाँच किलोमा दैनिकजसो नै पहिरो खसिरहेको छ । सानातिना पहिरो दिनमै ५-६ वटा खसिरहन्छ ।

“न दिनमा भोक छ, न रातमा निन्द्रा,” सिमलतालका प्रहरी इन्चार्ज हेमचन्द्र चौवे पीडा पोख्नुहुन्छ । पानी पर्न थालेपछि सबैतिरबाट चौवेमा दबाब आइपुग्छ । रातारात कुद्नुपरेको उहाँले अनुभव सुनाउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com