भर्जिनियाको हरन्डन शहर स्थित ईन्धन चौकीमा लुटेराको गोलि प्रहारबाट नेपालीको निधन


प्रकाशित मिति : असार २०, २०७५ बुधबार

विजय थापा

अमेरिकाको भर्जिनियाको हरन्डन शहरमा लुटेराको बन्दुक प्रहार बाट नेपाली मूलका हरन्डनमा बसोबास गर्दै आएका ४० बर्षिय बजगाई थर भएका व्यक्तिको निधन भएको फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको छ ।

यसको साथै शकास्पद  बन्दुकधारी लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई हरन्डन को सुनोको इन्धन चौकी मा नेपाली मूलका बजगाई थरका व्यक्तिलाई गोलि प्रहार गरेको आरोपमा कब्जा गरिएको छ ।

अमेरिकाको जुलाई ४ स्वतन्त्र दिवस को बिहान १ बजे १५ मिनेटमा बुधबार प्रहरीलाई खबर गरेको जानकारी फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको छ । प्रहरीका अनुसार सम्भवत लुट्ने प्रयास गर्ने क्रम मा उक्त ईन्धन चौकीमा काम गर्ने सहायक लाई मारिएको हुन् सक्ने बताएको छ ।

हरन्डन को किनमेल गर्ने बजार स्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा घटना घटेको हो । प्रहरीका अनुसार शरीर को माथिल्लो भागमा बन्दुक प्रहार को कारण मृत्यु भएको हुन् सक्ने बताएको छ ।

उक्त संधिग्द बन्दुकधारीलाई उक्त स्थान को छेउछाउ कै किनमेल पसलको सवारी साधन अडान क्षेत्र(पार्किंग लट ) रोक्ने स्थान बाट नै पक्राउ गरिएको जनाएको छ ।

साथै फेयर फ्याक्स प्रहरी चौकीले सामाजिक संजाल मुहार पुस्तिका बाट भर्खर प्रत्यक्ष प्रसारण गर्दै ४० बर्षिय बजगाई भएको बताएको छ ।

बिस्तृतमा हामी यहाँहरुलाई थप जानकारी दिने छौ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com