काठमाडौं जिल्ला अदालतका न्यायाधीश बस्नेतमाथि छानबिन


प्रकाशित मिति : असार २०, २०७५ बुधबार

भीएलएन सञ्चालक रामप्रसाद श्रेष्ठलाई कम धरौटीमा छोडेको आरोपमा काठमाडौं जिल्लाका न्यायाधीश अमृतबहादुर बस्नेतमाथि छानविन हुने भएको छ । बुधबार बसेको न्यायपरिषदको बैठकले न्यायाधीश बस्नेतमाथि छानविन गर्ने निर्णय गरेको हो ।

न्यायपरिषदले न्यायाधीश बस्नेतमाथि छानबिन गर्न दुई सदस्यीय छानबिन समिति समेत बनाएको छ । न्यायपरिषदका सदस्यहरु रामप्रसाद सिटौला र पदम वैदिक छानविन समितिमा रहेका छन् ।  केही महिनाअघि भीएलएन सञ्चालक रामप्रसाद श्रेष्ठविरुद्ध प्रहरीले ३ अर्ब ठगीको मुद्धा चलाएको थियो ।

सरकारी वलिकमार्फत प्रहरीले चलाएको सो मुद्धामा न्यायाधीश बस्नेतले निकै कम धरौटी लिएको न्यायपरिषदको ठहर छ । न्यायाधीश बस्नेतको इजलासले भीएलएन सञ्चालक श्रेष्ठलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com