यहि हो ८ बर्सिय बालिका लाई बलात्कार गर्ने ५५ बर्षको पशु


प्रकाशित मिति : असार २०, २०७५ बुधबार

आठ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरिरहेको भिडियो फेला पारेपछि प्रहरीले यौन दुराचारको अभियोगमा एक वृद्धलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सप्तरी प्रहरीले बोदे बर्साइन नगरपालिका–९ देउरीका ५५ वर्षीय सूर्यनारायण साहलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

यौन दुव्र्यवहार गर्दै गरेको भिडियो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयले आरोपितलाई गिरफ्तार गरी जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरेको जनाएको छ । घटनाको भिडियो खिचिएको मेमोरी कार्डसहितको बेनामे पत्र तिलाठी कोइलाडी गाउँपालिका–७ बमनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिंह माविमा प्राप्त भएपछि शिक्षकहरुले जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए ।

डिएसपी भावेश रिमालका अनुसार लक्ष्मीबल्लभ नरसिंह माविमा बैशाख १६ गते अपाङ्गता भएकी जेठानकी छोरीलाई कक्षा १२ को परिक्षा दिलाउन बिद्यालयको नयाँ भवनमा बसेका आरोपितले पीडितलाई आफ्नो कोठामा लगी यौन दुव्र्यवहार गरेका थिए ।

पीडित बालिका अपाङ्गता भएकी परिक्षार्थीलाई पानी खुवाउने र खाना बनाउन सहयोग गर्ने गर्थिन् । यौन दुव्र्यवहार गर्दै गरेको भिडियो कस्ले खिचेको भन्ने पत्ता लाग्न नसकेको प्रहरीले जनायो । आरोपित जिल्ला मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्दै आएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com