ससुरा ले बुहारीलाई बलात्कार गरे..


प्रकाशित मिति : असार २०, २०७५ बुधबार

ससुरा नाता पर्ने एक जना छिमेकीबाट मष्टा गाउँपालिका–२ की एक महिला बलात्कृत भएकी छन् ।बलात्कार गरेको अभियोगमा प्रहरीले स्थानीय ४० वर्षीय गोरख बुढालाई प्रक्राउ गरेको छ ।

श्रीमान नभएको मौका छोपेर मदिरा सेवन गरेका बुढाले घरको ढोका तोडफोड गरी आफूलाई बतात्कार गरेको ती महिलाको आरोप छ । पीडित महिलाका श्रीमान् मजदुरीको लागि भारतमा काम गर्न गएका छन् ।

घरमा कान सुन्दै नसुन्ने बुढी सासु र ६ महिनाको छोरा मात्र रहेको बताउँदै पीडित महिलाले भनिन्, ‘आइतबार राती करिब १२ बजेतिर ढोका फोडेर घरभित्र पसे र यौन सम्पर्क गर्न नदिए छोरालाई मार्ने धम्की दिदै बलात्कार गरे । ’ घटना लगतै गुहार मागेर आफू कराएपछि आरोपी भागेको उनको भनाई छ ।

आरोपी बुढालाई बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गगनसिंह भण्डारीले बताए । बुढालाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको उनले बताए ।

बझाङमा १५ दिनको अवधिमा ३ वटा बलात्कारका घटना घटेका छन् । तल्कोट गाउँपालिकाकी सुस्तमनस्थितीकी बालिका बलात्कारको आरोप लागेका व्यक्ती हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com