भारत द्वारा अलपत्र परेका ४ सय भारतीय नागरिकको उद्धार गर्न माग गरेपछि नेपालले गर्यो सबैको उद्धार


प्रकाशित मिति : असार २०, २०७५ बुधबार

कैलाश मानसरोवर (तिब्बत) को धार्मिक यात्रामा गएका ४ सय १० जना भारतीय र नेपाली तीर्थयात्रीहको नेपाल सरकारले उद्धार गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफ्नो ट्वीटरमार्फत तीर्थयात्रीहरुलाई सिमिकोट र हिल्साबाट उद्धार गरिएको जानकारी दिएका छन् ।

१ सय ६० जनालाई सिमिकोटबाट उद्धार गरेर नेपालगञ्ज ल्याइएको छ भने २ सय ५० जनालाई हिल्साबाट उद्धार गरेर सिमिकोट ल्याइएको छ । मन्त्री अधिकारीका अनुसार, अझै ७ सय सिमिकोटमा र ६ सय हिल्सामा तीर्थयात्री अलपत्र अवस्थामा छन् ।

ती तीर्थयात्रीलाई आज सम्ममा उद्धार गर्ने मन्त्री अधिकारीले बताएका छन् । मानसरोबर दर्शनका लागि गएकामध्ये सोमबारसम्म ८ भारतीय तीर्थयात्रीको मृत्यु भइसकेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com