अष्ट्रेलियाको क्यानबेराले पीआर सम्बन्धि ल्यायो नयाँ नियम, धेरैको पीआर सपनामा तुषारापात


प्रकाशित मिति : असार २०, २०७५ बुधबार

अष्ट्रेलियाको अन्य राज्य तथा सहरमा बस्ने विदेशी विद्यार्थी तथा अन्य व्यक्तिहरु पीआरको आशामा क्यानबेरा बसाई सर्ने गर्थे । तर, पूर्व सुचना बिना अष्ट्रेलियाको राजधानी क्षेत्रमा पीआर सम्बन्धि नियममा केही परिवर्तन गरेपछि बसाई सरि आएकाहरु निराश बनेका छन् ।

अष्ट्रेलियाका अन्य राज्यमा पीआरको लागि निवेदन दिंदा, त्यो समयमा गरिरहेको काम राज्यले निकालेको पेशाको सूचीमा ‘खुल्ला’ हुनुपर्छ ।

अष्ट्रेलियाको राजधानी क्षेत्रमा भने राज्यले निकालेको पेशाको सूचीमा आफूले गरिरहेको पेशा ‘ बन्द’ भनेर जनाइएको भए पनि ACT 190 nomination अन्तर्गत पीआरको लागि निवेदन दिन सकिन्थ्यो । तर, एक सुचना जारी गर्दै जुन २९ देखि त्यो नियममा परिवर्तन गरिएको छ । अब अरु राज्यमा जस्तै राजधानी क्षेत्रमा पनि ACT 190 nomination अन्तर्गत पीआरको लागि, आफूले गरिरहेको पेशा, राज्यले निकालेको पेशाको सूचीमा ‘खुल्ला’ हुनुपर्छ ।

थप जानकारीको लागि >>> www.canberrayourfuture.com.au

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Himalayan Kangaroo

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com