ओबामा प्रशासनबाट परमाणु सम्झौताको बेला २५ सय इरानीलाई अमेरिकी नागरिकता !


प्रकाशित मिति : असार २०, २०७५ बुधबार

फक्स न्युजमा प्रकाशित एउटा शंकास्पद रिपोर्टमा ओबामा प्रशासनले इरानसँगको सम्झौताको बेलामा २५ सय इरानीहरुलाई अमेरिकी नागरिकता दिएको दाबी गरिएको छ । एकजना इरानी नेता तथा सांसदलाई उद्धृत गर्दै नागरिकता पाउनेहरु सरकारी अधिकारीहरुका परिवारका सदस्यहरुसमेत रहेको दावी गरिएको छ ।

अमेरिकी सरकारको विदेश मन्त्रालयका प्रवक्ताले भने आफूहरुले इरानी अधिकारीका हरेक भनाईको प्रतिकृया नदिने स्पष्ट पारेका छन् । तर राष्ट्रपति ट्रम्पले भने भयानक इरान सम्झौताको दौरान २५ सय इरानीहरुलाई नागरिकता दिनु कति ठूलो वा खराब कुरा रहेको भन्दै ट्वीट गरेका छन् ।

फक्सन्युजमा प्रकाशित समाचार अनुशार इरानको संसदीय पारमाणविक समितिका अध्यक्ष, राष्ट्रिय सुरक्षा र वैदेशिक मामला सदस्य होज्जात अल इस्लाम मोज्ताबाले यस्तो दावी गरेका हुन् । सन् २०१५ को जुलाईमा भएको सम्भौताको दौरान यसरी नागरिकता प्रदान गरिएको उनको दाबी छ । तर ती नेताले ग्रिनकार्डलाई संकेत गर्न खोजेका हुन् वा नागरिकता नै भनेका हुन् भन्नेबारे भने स्पष्ट छैन ।

सन् २०१५ मा इरानमा जन्मेका १३ हजार १ सय १४ ले अमेरिकी ग्रिनकार्ड पाएका थिए भने सन् २०१६ मा १३ हजार २ सय ९८ ले ग्रिनकार्ड पाएका थिए । त्यस्तै सन् २०१५ मा १० हजार ३ सय ४४ इरानीहरुले अमेरिकी नागरिकता पाएका थिए भने सन् २०१६ मा ९ हजार ५ सय ७ ले पाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com