गैरकानुनी सिमा पार गरेर अमेरिका आउनेलाई शरण नदिने नियमको तयारी


प्रकाशित मिति : असार २०, २०७५ बुधबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेहरुले एसाइलम आवेदन दिन नपाउने नियमको तयारी गसररहेको छ । यस्तो नियम लागु भएमा अमेरिकी अध्यागमन कानुनमा नाटकीय परिवर्तन हुनेछ । यस्तो ड्राफ्टबारेको समाचार पहिलोपटक भक्समा प्रकाशित भएको थियो ।

अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐनमा अमेरिकाको तोकिएको वा कुनैपनि सिमानामा आउने व्यक्तिले आफ्नो देशमा फर्कन धर्म, जाती, राष्ट्रियता राजनीतिक आस्था वा कुनै सामाजिक समुहको सदस्य भएको आधारमा आफ्नो देश फर्कन खतरा भएमा शरणका लागि आवेदन दिनसक्ने प्रावधान छ । नयाँ नियमको ड्राफ्टबारे डिपार्टमेन्ट अफ जस्टिसका प्रवक्ताले बोल्न अस्वीकार गरेका छन् ।

अमेरिकामा ठूलो संख्यामा नेपालीहरु गैरकानुनी रुपमा सिमा पार गरेर प्रवेश गर्दै आएका छन् । उनीहरुमध्ये अधिकांशले अमेरिकामा शरणका लागि आवेदन दिदै आएका छन् । यसरी आउनेहरु दलाललाई लाखौं रुपैया बुझाउनेहरु रहेका छन् ।

नयाँ नियमको ड्राफ्ट तयार भइसकेपछि यो फेडेरल रजिष्टरमा प्रकाशित हुने जनाइएको छ । ९० दिनसम्म कमेन्ट पिरियड राखेपछि यो नियम लागु गर्ने सम्भावना रहनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेको नियम अनुशार गैरकानुनी रुपमा सिमा पार गरेर आउनेहरुलाई गैरकानुनी सिमापारको अपराधको अभियोग लगाउन थालिएको छ । यद्यपी यसले एसाइलमको दावीमा भने फरक पार्दैन । गैरकानुनी रुपमा सिमा पार गरेर आउने व्यक्तिले पनि एसाइलमका लागि आवेदन दिनसक्छ । तर त्यो भन्दा अगाडि उसलाई गैरकानुनी सिमा पारको अभियोगमा मुद्दा चलाइन्छ । जसले गर्दा एसाइलमको आवेदनमा केही ढिलो हुन्छ ।

तर नयाँ नियम लागु भएमा भने गैरकानुनी सिमा पार गरेर आउनेहरुले एसाइलमका लागि आवेदन दिन पाउनेछैनन् । उनीहरुलाई गैरकानुनी सिमापार गरेको अभियोगमा मुद्दा चलाएर देशनिकाला गरिनेछ । अमेरिकी सरकारले यस अगाडि घरेलु हिंशा र गिरोह हिंशाका पीडितहरु एसाइलका लागि योग्य नहुने नियम ल्याइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com