जुभेन्टसमा क्रिस्टियानो रोनाल्डो जाने हल्लामा कती यतार्थ !


प्रकाशित मिति : असार २०, २०७५ बुधबार

रोम, (एजेन्सी)
इटालियन च्याम्पियन जुभेन्टसले रियल मेड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउने प्रयास थालेको छ ।

रोनाल्डो भित्र्याउन जुभेन्टसले रियललाई १ सय ६ मिलियन पाउण्डको प्रस्ताव राखेको बताइएको छ । रोनाल्डोले संसारकै सबैभन्दा बढी तलब लिने खेलाडीकारुपमा रियलसँग नयाँ सम्झौता गर्न चाहे पनि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले त्यसलाई अस्विकार गरेको बताइन्छ ।

स्पेनिस पत्रिका मार्काका अनुसार जुभेन्टसले रोनाल्डोसँग चार बर्षको सम्झौता गर्न खोजेको लेखेको छ । जसअनुसार जुभेन्टसले रोनाल्डोलाई प्रतिसाता ५ लाख पाउण्ड तलब दिन समेत तयार रहेको बताइएको छ ।

यस विषयमा जुभेन्टसस र रियलबीच पहिले देखिनै कुराकानी चलिरहेको बताइएको छ। लिभरपुललाई ३–१ गोलले हराउँदै च्याम्यिन्स लिगको उपाधि जिते लगत्तै रोनाल्डोले रियल छोड्न सक्ने बताएका थिए । यता रोनाल्डो र रियलबीच २०२१ सम्म सम्झौता रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोनाल्डोलाई पेरिस सेन्ट जर्मेनले पनि भित्र्याउने प्रयास गरिरहेको जनाइएको छ। यता रियलले रोनाल्डोको विकल्पको रूपमा नेयमारलाई भित्र्याउन इच्छुक रहेको चर्चा चलिरहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com