अवैध अन्तराष्ट्रिय कल बाइपास सेन्टरमा सिआईबीको छापा


प्रकाशित मिति : असार १९, २०७५ मंगलबार

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले काठमाडौं महानगरपालिका–३२ शुभकामना मार्गस्थित एक घरमा सञ्चालित अवैध कल बाइपास सेन्टरमा छापा मारेको छ ।
स्थानीय रमेश सिंह हमालको घरमा सञ्चालित कल बाईपास सेन्टरमा छापा हानेर उक्त कल बाईपास सेन्टर सञ्चालक जफर खानलाई नियन्त्रणमा लिईएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ । २४ वर्षीय जफर खान भारतिय नागरिक हुन् ।

जफरले नेपालको सम्वन्धित सरकारी निकायबाट कुनै  प्रकारको स्विकृति नलिई दूरसञ्चार सेवा प्रदायकहरुको सिमकार्ड प्रयोग गरेर विगत केही महिना देखि विदेशबाट आउने अन्तर्राष्ट्रिय कल भ्वाईस ओभर इन्टरनेट प्रोटोकोल (भिओआईपी) मार्फत नेपाल भित्र्याएर गैरकानुनी कार्य गर्दै आएका थिए ।

प्रहरीले जफरको कोठाबाट ३२ पोर्टको ३२ वटा एन्टिना भएको जिओआईपी गेटवे एकथान, डि–लिंक कम्पनीको राउटर एक थान, ल्यापटप, १२० थान एनसेलका सिमकार्ड, २ थान स्मार्ट सेलका सिम, मोवाईल तथा विभिन्न ब्यक्तिहरुका १४५ थान फोटा बरामद गरेको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रतिवादी उपर ब्युरोले दुरसञ्चार ऐन २०५३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

अत्याधुनिक जिओआइपी गेटवे पोर्टलाई एम्पलिफायरको रुपमा नेपाल भित्र्याउने गरेका जफरले बढी रकममा घर घाडामा लिएर भिओआईपी सञ्चालन गर्दै आएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com