विमानस्थलमा कडाईपछि स्थलमार्गबाट हुन थाल्यो सुन तस्करी


प्रकाशित मिति : असार १९, २०७५ मंगलबार

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाई गरेपछि सुन तस्कारहरुले स्थलमार्ग प्रयोग गर्न थालेका छन् । साढे ३३ किलो सुन प्रकरणपछि विमानस्थलमा कडाई गरिएको हो ।

विमानस्थलबाट असंभव देखेपछि तस्करहरुले स्थाल मार्ग प्रयोग थालेको महानगरीय प्रहरी परिसर प्रमुख विश्वराज पोखरेल बताउनु हुन्छ । ‘अहिले विमान स्थलमा निगरानी बढाइएको छ’ उहाँ भन्नुहुन्छ, ‘विमानस्थलबाट सुन ओसार पसार गर्न असंभव भएपछि तस्करहरुले स्थल मार्ग प्रयोग गरेको हुन सक्छ ।’

प्रहरीका अनुसार चीनबाट नेपाल हुँदै भारततर्फ सुन लैजाने क्रम बढेको छ । प्रहरीले शुक्रबार काठमाडौमा ३ किलो अवैध सुनसहित ४ जना भारतीय र एक नेपालीलाई पक्राउ ग¥यो । त्यसको दुई दिन नबित्दै रसुवाको केरुङ नाका हुदैँ काठमाडौँ भित्रिएको ६ किलो अवैध सुन बरामद गरिएको छ । सुन तस्करीमा प्रयोग भएको बा ९५ प ८१६४ नम्बरको मोटर साईकल समेत बरामद भएको प्रहरीले जनाएको छ । सुनसहित सिन्धुपाल्चोकका तेन्जिङ तामाङ पक्राउ परेका छन् ।

हवाइमार्ग भएर ५ वर्षमा ३८ क्वीन्टल सुन नेपाल भित्रिएको प्रहरीको भनाइ छ । तर, पछिल्लो समय साढे ३३ किलो सुन प्रकरण सार्वजनिक भएसँगै सुन तस्कर स्थलमार्गको विकल्पतिर लागेको अनुमान गर्न सकिन्छ । यसरी चीनबाट नेपाल भित्रिएको अवैध सुन भारत जाने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले २०७३ र ७४ मा आर्थिक वर्षमा ९१ किलो सुन अवैध बरामद गरेको छ । तर, चालु आर्थिक वर्षको १० महिनामा नै १ सय ६९ किलो भन्दा बढी सुन तस्करी भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com