ट्रम्पको जितमा अन्तर्राष्ट्रिय मिडिया के भन्छन् ?


प्रकाशित मिति : कार्तिक २५, २०७३ बिहीबार

द टेलिग्राफ : हाम्रा आदरणीय भगवान् ! अमेरिकामा किन यस्तो गरेको ?

द न्युयोर्क टाइम्स : ट्रम्प इतिहासको सबैभन्दा कम योजना भएका राष्ट्रपति भएका छन्, संयमका हिसाबले पनि अमेरिकाजस्तो विशाल देश हाँक्न उनलाई साँच्चै गाह्रो छ । त्यसैले ट्रम्पको जितले संसारका मानिस अचम्म र हैरान भएका छन् ।

द गार्डियन : अमेरिकीहरूले निकै खतरनाक बाटो रोजेका छन् । तिनीहरूको निर्णयले अमेरिकालाई मात्र होइन, हामी सबैलाई अन्धकारमा धकेलेको छ । यो परिणामले पूरै विश्वलाई लामो समयसम्म प्रभावित पार्नेछ ।

द वासिङ्टन पोस्ट : ट्रम्पले लाखौँ आप्रवासीलाई लखेट्ने भनेका छन्, व्यापार सन्धि खारेज गर्ने घोषणा गरेका छन्, जलवायु परिवर्तनसम्बन्धी सन्धिलाई अस्वीकार गर्ने दाबी गरेका छन्, उनले आफ्नो वचनबद्धता साँच्चै पूरा गरे भने लाखौँ जनता आहत हुनेछन् ।

डेलिमेल : ट्रम्पल्यान्डमा तपाईंलाई स्वागत छ, आधुनिक इतिहासको असाधारण चुनाव परिणाम हिलारीका लागि नरमाइलो रह्यो ।

अल जजिरा : आधुनिक इतिहासमा यस्तो परिघटना हामीले देखेकै थिएनौँ ।

ग्लोबल टाइम्स : अमेरिका र चीनको सम्बन्ध ट्रम्पको मात्रै जिम्मा छाड्न सकिँदैन । चीनको हित रक्षाका लागि चालिने हरेक कदमको नेतृत्व चीन आफैँले गर्नुपर्छ ।

जर्मन डेली डाई वेल्ट : यस्तो पनि हुन सक्छ ? यो त कल्पना नै गर्न नसकिने सामुद्रिक आँधी हो ।

एबेन्जर इन द ह्वाइटहाउस : अब अमेरिका सहयोगीका लागि दुःखका दिन आउन सक्छन् ।
नयाँ पत्रिका दैनिकबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com