विश्वकप फुटबलमा बाजी खेलाउने ३ जना काठमाडौंबाट पक्राउ


प्रकाशित मिति : असार १९, २०७५ मंगलबार

रुसमा अहिले फिफा विश्वकप २०१८ भइरहेको छ । यसको प्रभाव विश्वभरी परेको छ । नेपालमा पनि खेलको मनोरञ्जन लिनेदेखि हार जितको बाजी खेलाउनेसम्म भेटिएका छन् ।

विभिन्न देशको हार जितमा बाजी खेलाउने ३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । अवैध रुपमा सट्टेबाजी खेलाएको आरोपमा सोमबार राति काठमाडौं महानगरपालिका १५ चागलको बज्र होटल नजिकैबाट म्हेपीका २२ वर्षका प्रकट महर्जन, रामघाटका २२ वर्षका रेजिन महर्जन र चागलका २५ वर्षका सुजेन शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट ६ लाख ९९ हजार रुपैयाँ पनि बरामद गरिएको र उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com