स्वीस बैंकमा नेपालीको ३५ अर्ब रहेकाे खुलासा, सत्यतथ्य सार्वजनिक गर्न बाबुरामकाे माग


प्रकाशित मिति : असार १९, २०७५ मंगलबार

स्वीस बैंकमा नेपालीहरुको ३२२.८८ मिलियन स्वीस फ्र्यांक अर्थात करिब ३५ अर्ब नेपाली रुपैयाँ रहेको सनसनीपूर्ण खुलासा भएकाे छ । एक अङ्ग्रजी दैनिक पत्रिकाले नेपालीहरूले अबैध रूपमा अार्जित सम्पती स्वीस बैङ्कमा राखेकाे समाचार प्रकाशित गरेपछि बिदेशी बैङ्कमा नेपालीले कालाे धन लुकाइराखेकाे खुलासा भएकाे हाे ।

उक्त समाचार प्रकाशन भएपछि नयाँ शक्ति नेपाल पार्टीका संयाेजक डा संयोजक डा. बाबुराम भट्टराईले नेपालीले स्वीस बैंकमा लुकाइराखेको रकमबारे सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभएकाे छ ।

‘नेपालबाट अवैध ढंगले आर्जित अकूत सम्पत्ति विदेशी बैंकमा राख्ने गरेको कुरा विगतमा पनि उठ्ने गरेको हो,’ माइक्राे ब्लगिङ साइट ट्वीटरमा उहाँले लेख्नुभएकाे छ ‘अब त स्वीस बैंकले नेपालीहरूको ३२२.८८ मिलियन स्विस फ्र्यांक अर्थात् करिब नेपाली रुपैयाँ ३५ अर्ब लुकाएर राखेको खुलासा गरेको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहनुभएक्का डा भट्टराईले यसबारे अधिकारसम्पन्न स्वतन्त्र छानबिन आयोग बनाएर सत्यतथ्य पत्ता लगाउन समेत माग गर्नुभएकाे छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वीस बैंकमा नेपालीहरुको ३२२.८८ मिलियन स्वीस फ्र्यांक अर्थात करिब ३५ अर्ब नेपाली रुपैयाँ रहेको सनसनीपूर्ण खुलासा भएकाे छ । एक अङ्ग्रजी दैनिक पत्रिकाले नेपालीहरूले अबैध रूपमा अार्जित सम्पती स्वीस बैङ्कमा राखेकाे समाचार प्रकाशित गरेपछि बिदेशी बैङ्कमा नेपालीले कालाे धन लुकाइराखेकाे खुलासा भएकाे हाे ।

उक्त समाचार प्रकाशन भएपछि नयाँ शक्ति नेपाल पार्टीका संयाेजक डा संयोजक डा. बाबुराम भट्टराईले नेपालीले स्वीस बैंकमा लुकाइराखेको रकमबारे सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभएकाे छ ।

‘नेपालबाट अवैध ढंगले आर्जित अकूत सम्पत्ति विदेशी बैंकमा राख्ने गरेको कुरा विगतमा पनि उठ्ने गरेको हो,’ माइक्राे ब्लगिङ साइट ट्वीटरमा उहाँले लेख्नुभएकाे छ ‘अब त स्वीस बैंकले नेपालीहरूको ३२२.८८ मिलियन स्विस फ्र्यांक अर्थात् करिब नेपाली रुपैयाँ ३५ अर्ब लुकाएर राखेको खुलासा गरेको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहनुभएक्का डा भट्टराईले यसबारे अधिकारसम्पन्न स्वतन्त्र छानबिन आयोग बनाएर सत्यतथ्य पत्ता लगाउन समेत माग गर्नुभएकाे छ ।

स्वीस बैंकका अनुसार नेपालीको उक्त रकम सन् २००८ देखि २०१७ सम्म विभिन्न समयमा जम्मा गरिएको हो । नेपाल राष्ट्रबैंकले विदेशी बैंकमा सिधै रकम पठाउने सुविधा नदिए पनि स्वीस बैंकमा नेपालीको पैसा बढिरहेको पाइएको छ । पछिल्लाे १० वर्षमा स्वीस बैङ्कमा लागतार रूपमा नेपालीहरूकाे रकम बढेकाे समाचारमा जनाइएकाे छ ।

संसारका २०० राष्ट्रमध्य स्वीस बैङ्कमा कालाेधन जम्मा गर्ने राष्ट्रकाे सूचीमा १ सय ९ अाैँ स्थानमा रहेकाे छ । स्वीस बैङ्कले खातावालाकाे ब्यतिगत विवरण गाेप्य राख्ने भएकाले ब्यक्तिगत कसकाे कति रकम छ भन्ने विवरण नखुले पनि नेपाली ब्यवसायी तथा नेताहरूले स्वीस बैङ्कमा अबैध रूपमा अार्जित अकूत सम्पति लुकाएकाे हुन सक्ने बताइएकाे छ । स्वीस बैङ्क संसारका बिभिन्न देशका ब्यवसायीहरले कर छल्न तथा अकूत सम्पति लुकाउन खाता खाेलि जम्मा गर्ने गरेका छन् । यसकाे प्रधान कार्यालय स्वीजरल्याण्डमा रहेकाे छ । बेलायत, पश्चिम भारत, फ्रान्स र जर्मनी स्वीस बैङ्कमा अकूत कालाेधन जम्मा गर्ने टप पाँच राष्ट्र हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com