अष्ट्रेलियाको भिक्टोरिया र क्विन्सल्याण्ड राज्यले स्किल्ड नोमिनेशन एप्लिकेशन खुल्ला गरेका छन् । यी दुई राज्यले बन्द गरिएको एप्लिकेसन प्रोसेसलाई पुन: खुल्ला गरेका हुन् ।
भिक्टोरिया राज्यले दक्ष पेशाको सूचीमा कुनै पनि हेरफेर गरेको छैन । तर, इञ्जिनियरिङ्ग, बिल्डिंग र नर्सिङ्ग पेशामा भने नयाँ प्रक्रिया लागु हुने बताएको छ । यो नयाँ प्रक्रियामा एप्लिकेसन दिनु भन्दा पहिले राज्यले छनोट गर्नेछ । तर अरु पेशालाई भने पूरानै प्रक्रिया रहेको छ।
क्विन्सल्याण्डले भने दक्ष पेशाको सूचीमा केही हेरफेर गरेको छ । त्यस्तै, दुवै राज्यले पोइन्ट को थ्रेसहोल्ड बढाएका छन् । केही दिन अगाडी सरकारले पोइन्ट नियममा ल्याएको परिवर्तन अनुसार उनीहरुले न्युनतम पोइन्ट ६५ बनाएका हुन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।