ब्राजिललाई घर फर्काउने मेक्सिकोको लक्ष्य


प्रकाशित मिति : असार १८, २०७५ सोमबार

इतिहास मेक्सिकोको पक्षमा छैन तर नकआउट चरणमा सामारा एरिनामा ब्राजिलसँग भेट हुँदा उसको लक्ष्य ब्राजिललाई घर फर्काउनु हुनेछ।

मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई समूह चरणबाटै घर फर्काएको थियो। समूह चरणमा उसले जर्मनीलाई १–०ले पराजित गर्दै आफ्नो लय प्रस्तुत गरेको थियो। दोस्रो खेलमा दक्षिण कोरियालाई २–१ले पराजित गर्दै लय कायम राखेको मेक्सिकोले समूह चरणको अन्तिम खेलमा स्वीडेनसँग ३–० को हार चाखेको थियो।

समूह ई को विजेता ब्राजिलसँग आज भिड्दा उसले आफ्नो लय गुमाएको हो? भन्ने प्रश्नको जवाफ पनि दिनेछ।

२०१४ को विश्वकपको निराशालाई भुलाउँदै उचाई छुने लक्ष्यका साथ रसिया पुगेको ब्राजिलको सुरुवात सुस्त रह्यो। सुरुवाती खेलमा स्विट्जरल्याण्डसँग १–१ को बराबरी खेलेको ब्राजिलले कोस्टारिकाविरुद्ध इञ्जुरी समयमा २ गोल गरेको थियो भने सर्बियालाई २–०ले पराजित गर्दै समूह विजेता बनेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लगातार आफ्नो खेलमा विकास गर्दै लगेको ब्राजिलले १७ औं अन्तिम ८ मा स्थान बनाउने लक्ष्य राख्नेछ। ब्राजिलले राम्रो गरोस भन्ने धेरैको चाहानाले खेलाडीमाथि पर्ने दबाबबारे ब्राजिलका प्रशिक्षक टिटे जानकार छन्।
उनी भन्छन्, ‘अपेक्षाले हामी पुग्दैनौं। हामी वास्तविकतामा बाच्नुपर्छ। हाम्रो टोली मानसिक रुपमा बलियो र सन्तुलित छ। जुन उनीहरुले महत्वपूर्ण क्षणहरुमा देखाइरहेका छन्। जर्मनी र दक्षिण कोरियालाई पराजित गर्दै आएको यसपटक बलियो प्रतिद्वन्द्वी छ। उनीहरुविरुद्ध हामीले दबाबरहित भएर खेल्नुपर्छ।’

नेमारले सुरुवाती तीन खेलमा जम्मा एक गोल मात्रै गर्न सकेका छन्। तर ब्राजिलका प्रशिक्षक टिटे भने चोटपछि फर्किएर नेमारले उत्कृष्ट प्रदर्शन गरेको भन्दै उनको तारिफ गर्छन्। ‘सर्बियाविरुद्ध नेमारले निकै राम्रो खेले,’ टिटेले भने, ‘उनले हामीले बनाएका सबै रणनीति पालना गरे। गोलको प्रयास गरे, ड्रिबल गरे र बल लिएर दौडिए।’

२०२६ को विश्वकपको सह आयोजनाको जिम्मा पाएको मेक्सिको १९८६ पछि पहिलोपटक अन्तिम ८ मा स्थान बनाउने सोचमा हुनेछ। खेलपूर्व सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक जोन कार्लोस ओसोरियोले ब्राजिलमाथि आक्रामक भएर खेल्ने बताएका छन्।

‘हामी डिफेन्डिङ खेलेर उनीहरुको ल्याएको बल पर्खने छैनौं,’ मेक्सिकोका प्रशिक्षक ओसोरियोले भने, ‘हामी कम्तिमा चार नभएर पाँच अट्याकिङ खेलाडीका साथ मैदान उत्रनेछौं।’ खेलमा फिलिप्पे कौटिन्होलाई रोक्न आफूहरुको प्रयास गर्ने उनले बताए। ‘ब्राजिलसँग फरवार्डमा डियगो कोस्टा, नेमार, विलियन जस्ता ठूला स्टारहरु छन्,’ उनले भने, ‘तर काउटिन्होले भने हरेकपल्ट फरक गर्दै आएका छन्। उनले आवश्यकता अनुसार मिडफिल्डदेखि फरवार्डसम्म खेल्दै गोल गरिसकेका छन्।’

इतिहासमा ब्राजिल हाबी

ब्राजिल र मेक्सिको यसअघि ४० चोटी भिडेका छन्। जसमा २३ चोटी ब्राजिलले जितेको छ भने १० चोटी मेक्सिकोले जितेको छ। ७ खेलहरु बराबरीमा टुंग्गिएका छन्।

ब्राजिलविरुद्धको चारपटक विश्वकप भेटमा भने मेक्सिकोले जित हात पार्न सकेको छैन्। तीनमा पराजित भएको छ भने एक खेल बराबरीमा टुंग्गिएको छ। यी खेलमा मेक्सिकोले एक गोल पनि गर्न सकेको छैन। मेक्सिकोको पोस्टमा भने ब्राजिलले ११ गोल गरेको छ।
ब्राजिल अन्तिम पटक १९९० मा विश्वकपको क्वार्टरफाइनलमा पुग्न असमर्थ रहेको थियो। मेक्सिको भने पछिल्ला ६ विश्वकपमा हरेकपटक अन्तिम १६ बाट बाहिरिदै आएको छ।

२००६ पछि ब्राजिल पहिलोपटक विश्वकपमा अन्तिम लगातार तीन खेलमा जित हात पार्नेसहित मेक्सिको विरुद्ध उत्रनेछ। ब्राजिल आफ्ना पछिल्ला १४ खेलमा अपराजित(१० जित, ४ बराबरी) छ। अन्तिम पटक २०१७ को जुनमा अर्जेन्टिनासँग १–०ले पराजित भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com