दुखि गरिब पिडित हरुलाई अभियानबाटै अहिले सम्म १ करोड भन्दा बढी रकम उठाउने को हुन् यिनी ? भिडियो सहित !


प्रकाशित मिति : असार १८, २०७५ सोमबार

देश भित्र बलात्कार जस्तो जघन्य अपराधको समाचारहरु न सुनिने कुनै दिन बाकी न होला । नाबालिका देखि किशोरीहरु त्यसै गरी आफ्नै आफन्त देखि अन्जानहरुबाट बालिकाहरु बलात्कृत हुने गरेका छन ।

बलात्कारको समाचार आउछ पिडा हुन्छ तर त्यो बलात्कारीलाई कस्तो सजाय हुन्छ त्यो सर्बसाधारणलाई केहि पत्तो हुन्न । यसै संदर्बमा बेलायतवासी इशा गुरुङले फेसबुक लाइव मार्फत कडा आवाज सामाजिक संजाल मार्फत प्रश्न चिन्ह खडा गरेकी छन्। उनि भन्छिन बलात्कारी नरपिचासको कि त तुन्तुरो काटियोस, कि त घाटी छिनालियोस, कि त फासीको सजाय दिइयोस । उनले सबैलाई यो अपराधको बिरोधमा भिडियो शेयर गरी जागरुक गराउन अनुरोध समेत गरेकी थिएन पछिल्लो समयमा । त्यति मात्र हैन उनले एसिड पिडितको लागी अभियान चलाई केहि रकम संकलन गरि सहयोग पनि गरेकी छन् ।

बिदेशमा बसे पनि नेपाल र नेपालीकै हितका लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायत बासि १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोहि कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् । आज भोलि उनि सामाजिक सेवा लगायत बलात्कार जस्तो जघन्य अपराध गर्ने बलात्कारी प्रति पनि आवाज उठाउने गरेकी छिन ।

आजको लाइव भिडियो मार्फत उनले अहिले सम्म सामाजिक सेवा र आफ्नो अभियान मार्फत दुखि : गरिब पिडित हरुलो लागी गरेको नेपाली रुपया १ करोड भन्दा पनि माथी भै सकेको उनले खुलासा गरेकी छन् ।

हेरौ उक्त भिडियोमा उनले अहिले भर्खरै गरेको विस्तृत जानकारी सहित भिडियो ।

https://youtu.be/mwD5StEVA1Q

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com