अष्ट्रेलियामा नेपाल-अष्ट्रेलिया बिजनेस फोरम-२०१८ सम्पन्न, नेपालमा लगानी बढाउने मूख्य उद्देश्य


प्रकाशित मिति : असार १८, २०७५ सोमबार

अष्ट्रेलियाको मेलबर्नमा नेपाल अष्ट्रेलिया बिजनेस फोरम-२०१८ सम्पन्न भएको छ । अष्ट्रेलियास्थित नेपाली दूतावास र भिक्टोरियाको अवैतनिक महावाणिज्यदूतको कार्यालयले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए । शनिबार सम्पन्न उक्त कार्यक्रमको मूख्य उद्देश्य नेपालमा लगानी भित्र्याएर देशको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको थियो ।

उक्त विजनेस फोरममा प्रमुख अतिथि नेपालको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र भिक्टोरियाका अर्थमन्त्री रविन स्कट रहनुभएको थियो भने अतिथिको रुपमा एनआरएन अध्यक्ष भवन भट्ट, अष्ट्रेलियाको विदेशी मामिला हेर्ने विभाग डिफ्याटको नेपाल, भुटान र बंगलादेश डेस्क प्रमुख फियोना म्याकग्री, एनआरएन पूर्वअध्यक्ष शेष घले, एनआरएन ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेसहित नेपाली समूदायमा रहेका विभिन्न संघ संस्थाका नेतृत्ववर्ग सहभागी हुनुहुन्थ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रम उद्घघाटन सत्र र विभिन्न प्रस्तुतिहरुसहित छलफल आयोजना गरि दुई चरणमा भएको थियो । कार्यक्रममा अतिथीहरुले अष्ट्रेलियामा नेपालीहरुको संख्या बढिरहेको र नेपाल-अष्ट्रेलिया बिचको सम्बन्ध नजिक हुँदै गइरहेको सम्बन्धमा यस्ता कार्यक्रमहरु सान्दर्भिक र प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल र अष्ट्रेलिया बीचको व्यापार, लगानीकर्ताहरुलाई आइपर्न सक्ने समस्याहरु र समाधानका तरिका, पर्यटन क्षेत्रमा वैदेशिक लगानी, कर सम्बन्धि नियम, नेपालमा हालको वातावरण आदि विषयमा छलफल गरिएको थियो भने नेपालको लगानी बोर्डका अधिकारी रतिस बस्नेतले नेपालमा वैदेशिक रोजगारीको सम्पूर्ण जानकारी दिनुभएको थियो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले अहिले नेपालमा लगानीको लागि राम्रो वातावरण बनिरहेको बताउँदै व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभयो ।

एनआरएनका पूर्वअध्यक्ष शेष घलेले अष्ट्रेलियामा नेपालीहरुले देखेको र अभ्यास गरिरहेका शिप, ज्ञान नेपालमा आवश्यक रहेको धारणा राख्नुभएको थियो भने भिक्टोरियाका लागि नेपाली अवैतनिक महावािणज्यदूत चन्द्र योन्जनले दूतावास र महावाणिज्यदूतको कार्यालयहरु नेपालमा लगानी गर्न चाहने अष्ट्रेलियनहरुलाई समन्व्य गर्न सदा तत्पर रहेको बताउनुभएको थियो । एनआरएनका अध्यक्ष भवन भट्टले विजनेस फोरमको आयोजनाले नेपाल र अष्ट्रेलियाबीच व्यापार अभिबृद्धिको लागि शुभकामना व्यक्त गर्नुभयो।

Himalayan Kangaroo

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com