२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अन्तर्राष्ट्रिय

इजरायलमा नेपाली महिलाले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेर फरार भएपछि, इजरायल प्रहरीले तीब्रताका साथ खोजीकार्य गर्दै निकाल्यो यस्तो सूचना

इजरायलमा एक नेपाली महिलाले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेको कारण प्रहरीले खोजिरहेको छ । बिमा कुमारी नाम रहेकी नेपाली महिलाले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेको कारण उनलाई खोजीकार्य गरेको हो ।

इजरायल प्रहरीको फेसबुक पेजमा उनको फोटो राख्दै उनको खोजीकार्य गरेको सूचना दिएको छ । सुचनामा भनिएको छ बच्चालाई दुर्व्यवहार गरि फरार रहेको हुँदा उनलाई खोजीकार्य गर्न मदत गरिदिनु होला भन्दै प्रहरीले उनको फोटो र नाम सहित सूचना जारि गरेको छ ।

ति नेपाली महिला अहिले कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुरा अझै अज्ञात रहेको छ । इजरायलमा रहेका नेपालीहरुको बिचमा यो समाचार फेसबुकका इनबक्समा भाइरल भैसकेको छ । नेपालीहरु बीच यो समाचार हिजो रातिदेखि भाइरल हुन् थालेपछि त्यहाँ कार्यरत नेपालीहरु अचम्मित परेका छन् ।

लामो समय देखि रोजगारीका लागि नेपालीहरु इजरायलमा केयर गिभर ‘सुसारे’ को रुपमा काम गर्दै आएका छन् । महिलाहरुको लागि काम गर्न अत्यत राम्रो ठाउँ मानिएको इजरायलमा करिब ८ बर्ष देखि बन्द रहेको छ ।

केहि समय अघि पनि नेपालीहरुले आफुले हेरविचार गर्ने बिरामीलाई कुटपिट गरेको कारण अझै पनि इजरायलको जेलमा नेपाली चेलीहरु रहेका छन् । केहि दिन अघि मात्र एक जना भारतीय महिलाले कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । ति भारतीय महीलाई पनि कुटपिट गरेको कारण २२ बर्ष जेल र ५० हजार जरीवाना गरिएको समाचार भाइरल बनेको थियो ।

नेपाली महिला बीमालाई इजरायली प्रहरीले जारि गरेको सूचना यस्तो छ :

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →