आयोजक राष्ट्रसँग पेनाल्टी सुटआउटमा स्तब्ध बन्दै स्पेन विश्वकपबाट बाहिरियो


प्रकाशित मिति : असार १७, २०७५ आईतबार

सन् २०१० को विश्वकप च्याम्पियन स्पेन आयोजक रुससँग पेनाल्टी सुटआउटमा पराजित हुदै बाहिरिएको छ ।

रुसका गोलकिपर इगोर अकिनफेभले कोके र इयागो असपासको पेनाल्टी रोकेपछि रसिया पेनाल्टीमा ४–३ गोलअन्तरले पराजित भएको हो ।

यसअघि सन् २००२ मा पनि स्पेन आयोजक दक्षिण कोरियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो । विश्वकपमा स्पेनले चारमध्ये एक मात्र पेनाल्टी सुटआउट जितेको छ ।

यसअघि निर्धारित तथा अतिरिक्त समयमा खेल १–१ को बराबरीमा सकिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्जी इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलको १२ औँ मिनेटमा नै स्पेनले अग्रता लिएको थियो ।

तर, त्यसपछि रुसले केही सुधारिएको खेल प्रदर्शन गर्यो । पहिलो हाफ सकिन लाग्दा जेरार्ड पिकेले डि–एरियामा बल हातले छोएपछि रुसले पेनाल्टी पायो ।

अर्टेम जुबाले पेनाल्टीमा गोलकिपर डेभिड डि गेयालाई झुक्याउँदै गोल गरेर खेल बराबरी भए ।

खेलको दोस्रो हाफमा स्पेनले आफ्नो पोजेसन गेम जारी राख्यो भने रुसले काउन्टर अट्याकमा स्पेनमा दबाब बनाइराख्यो ।

खेलको अन्त्यतिर स्पेनका इनियेस्टाको प्रयास रुसका गोलकिपरले सुन्दर बचाउ गरेका थिए ।

तर, दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गर्यो ।

अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

रुसले अब डेनमार्क र क्रोएसियाबीचको विजेतासँग क्वाटरफाइनलमा भिड्नेछ ।

आजको खेलअघि स्पेन पछिल्लो २३ खेलमा अपराजित रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com