विश्वकपबाट बाहिरिएपछि मेस्सीको सन्यास घोषणा गर्ने तयारी


प्रकाशित मिति : असार १७, २०७५ आईतबार

नकअाउट चरणमा शनिबार राती फ्रान्ससँग ४-३ गोलअन्तरले पराजित भएपछि अर्जेन्टिना विश्वकपबाट बाहिरिएको थियो। यस खेलसँगै ३१ वर्षिय मेस्सीले विश्वकपको नकअाउट चरणमा ७५६ मिनेट विताएपनि कुनै गोल गर्न सकेका थिएनन्।

रेफ्रीले अन्तिम सिट्टी फुकुेसँगै मेस्सी सबैभन्दा पहिले अनुहार निहुर्याउँदै ड्रेसिङ रुम छिरेका थिए। मेस्सीले यसअघि २०१६ मा जुनमा पनि सन्यास घोषणा गरेका थिए। तर, प्रशिक्षक, समर्थक र खेलाडीहरुको ब्यापक दबाबपछि उनले सन्यास फिर्ता लिएका थिए।

२०१४ को विश्वकपमा फाइनलमा पुगेपनि अर्जेन्टिनालार्इ उपाधि दिलाउन नसकेको तथा तीन पटक कोपा अमेरिकाको फाइनलमा हार चाखेका मेस्सीले मेस्सीले यसपटक भने अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने तयारी गरेको इंग्ल्याण्डको अखबार डेलि मिररले उल्लेख गरेको छ।

उनका सहकर्मी जेभियर मेस्किरानोले भने खेल लगत्तै सन्यास घोषणा गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वकपबाट बाहिरिएपछि अर्जेन्टेनी प्रशिक्षक जर्ग साम्पाअोलीले यो निकै पीडादायी क्षण भएको बताएका छन्। ‘खेलाडीहरुले धेरै इफोर्ट गरेपनि हामीले सकेनौं,’ उनले भने, ‘यो हाम्रा लागि निकै दुखदायी क्षण हो। यो निकै चुनौतीपूर्ण खेल रह्यो। जहाँ हामीले हाम्रो लक्ष्य पूरा गर्न सकेनौं।’

असाधारण प्रतिभा, निरन्तरको प्रयास र दृढ सिक्ने चाहनाले मेस्सीलाई विश्व फुटबलमा महान खेलाडीको परिचय दिएको थियो। ९ लालिगा र ४ च्याम्पियन्स लिगसहित बार्सिलोलाई ३२ ट्रफी, २००८ को बेइजिङ ओलम्पिकमा अर्जेन्टिनालाई स्वर्णपदक, सन् २००५ मा अर्जेन्टिनालाई फिफा यू–२० विश्वकपको पनि उपाधि। मेस्सीले टोलीका रुपमा हासिल गरेका सफलता हुन्।

व्यक्तिगत रुपमा उनले पाँच पटक विश्वको सर्बाेत्कृष्ट खेलाडीले पाउने बालोन डि’अर अवार्ड जितेका छन्। २०११–१२ को सिजनमा लालिगामा ५० गोल गर्दै एक सिजनमा सर्बाधिक गोल गर्ने खेलाडीको रुपमा गिनिज बुकमा नाम लेखाएका छन्। लालिगाको इतिहासमा उनी सर्बाधिक गोलकर्ता पनि हुन्।

सुरुआत र बार्सिलोना आगमन

लिओनल आन्द्रेस मेस्सीको जन्म अर्जेन्टिनाको रोसारियो शहरमा १९८७ जनवरी २४ मा भएको हो।। १० लाख जनसंख्या भएको उक्त शहरको नजिकै रहेको उत्तरी क्षेत्र अर्जेन्टिनी माओ क्रान्तीका नेता चे गोभराको जन्मथलो पनि हो।

गाडी प्रतिबन्धित रोसारियोको सडकमा अन्य बालबालिकाहरु झै मेस्सीपनि बच्चैदेखि खुट्टामा बल लिएर हिड्थे। फुटबलसँगको सामिप्यता त्यही देखि बढ्दै गयो। रोसियरोका सडक उनका पहिलो मैदान थिए र सडकका पर्खाल उनका पहिलो गोलपोष्ट। अहिले यो स्थान १० नम्बर जर्सीका समर्थकका लागि तीर्थस्थल भइसकेको छ।

मेस्सीलाई यहाँसम्म पुर्याउन उनका परिवारको ठूलो हात छ। हजुरमाया सेलियाले उनलाई सानैदेखि फुटबलमा लाग्न प्रेरणा दिइरहिन। उनलाई खेल्नमा कुनै समस्या नहोस भनेर उनले मेस्सीलाई आवश्यक सबैचीज ठिक पारिदिन्थिन। हजुरआमाले नै मेस्सीको साथ समात्दै पहिलो खेलसम्म डोर्याएकी थिइन्। अहिलेपनि जतिपटक मेस्सी गोल गर्छन्, तिनै हजुरआमालाई सम्झदै आकाश तिर हेर्छन र श्रद्धान्जली व्यक्त गर्छन्। जो १९९८ मा दिवंगत भएकी थिइन्।

फुटबलमा उनीसँग अद्भुत जन्मजात क्षमता थियो। तर, उमेरभन्दा निकै होचो उनको कद थियो। शरिरमा उचाई वृद्धि गराउने हार्मोनको कमी उनको करिअरको बाधक बन्यो। त्यसको उपचारपनि महँगो थियो। मध्यम वर्गिय परिवारसँग उपचार गराउने प्रर्याप्त पैसा पनि थिइन।

आफ्नो छोराको फुटबल प्रतिभा बुझेका बाबु जोर्गी उपायको खोजीमा लागे। उनी विभिन्न क्लबहरुमा प्रस्ताव लिएर गए, जुन क्लबले उनको उपचार खर्च बेहोर्छ त्यसक्लबबाट प्रतिभावान मेस्सी खेल्नेछन्।

सुरुमा उनका बुबा अर्जेन्टिनी क्लबहरुमा प्रस्ताव लिएर गए। न्युअल्स वोल्ड ब्वाइज र रिभर प्लेट जस्ता अर्जेन्टिनी क्लबहरु मासिक १ हजार डलर पर्ने मेस्सीको उपचार खर्च तिर्न तयार भएनन र अर्जेन्टिनी क्लबले भविष्यका महान खेलाडीलाई गुमायो।

क्लब खोज्न भौतारिरहेका बुबा जोर्गी बार्सिलोनाको सम्पर्कमा पुगे। मेस्सीको क्षमता हेरेपछि बार्सिलोनाका अधिकारीहरु भने उनको महँगो उपचार खर्च तिर्न तयार भए। जुन निर्णयले मेस्सीलाई महान खेलाडी र बार्सिलोनालाई विश्वकै सर्बाधिक सफल क्लबमध्येको एक बनाइदियो।

बार्सिलोनामा मेस्सीले मच्चाएको सनसनी

नयाँ शहरमा आएको चार वर्षपछि सन् २००४ मा मेस्सीले बार्सिलोनाबाट डेब्यू गरे र छिटै युवा रोनाल्डिन्हो र अन्य नाम चलेका खेलाडीहरु उनका साथी बने। त्यसको दुईवर्षपछि उनले थुप्रै समर्थक कमाइसकेका थिए। नेउ क्याम्प(बार्सिलोनाको घरेलु मैदान)मा मेस्सी, मेस्सी नामको नारा लाग्न सुरु भइसकेको थियो।

सन् २००९ सम्ममा उनी फुटबलमा बादशाहको रुपमा अघि बढे। त्यसवर्ष त उनी र बार्सिलोनाले तहल्कै मच्चयो। त्यसवर्ष बार्सिलोनाले ६ वटा ट्रफी जित्दै इतिहास रचेको थियो। कुनैपनि क्लबले एकै वर्षमा यतिका उपाधि उचाल्न सकेको छैन्। बार्सिलोनाबाट सो वर्ष मेस्सीले कोपा डेल रे, ला लिगा, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, स्पेनिस सुपरलिग र युएफा सुपर लिगको उपाधि जितेका थिए। सो क्रम अहिलेपनि जारी छ। यसवर्ष मात्रै उनले बार्सिलोनालाई ला लिगा र कोपा डेल रेको उपाधि जिताए। ९ सिजन खेलिसकेका उनले हरेक सिजनमा लगातार ४० भन्दा बढी गोल गर्दै आएका छन्। जुन अरुका लागि असम्भव प्रायः लाग्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com