ट्रम्पको अध्यागमन नीतिबिरुद्ध अमेरिकाभर प्रदर्शन (फोटो फिचर )


प्रकाशित मिति : असार १६, २०७५ शनिबार

अमेरिकी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्नेहरुबिरुद्ध ट्रम्प प्रशासनले ल्याएको शुन्य सहनशीलता नीतिका कारण परिवारहरु बिच्छिन्न भएको भन्दै आज अमेरिकाभर ट्रम्पको अध्यागमन नीतिबिरुद्ध प्रदर्शनहरु भइरहेका छन् । वासिंटन डिसीमा प्रदर्शन सुरु भइसकेको छ भने अमेरिकाका अन्य शहरहरुमा प्रदर्शनको तयारी भइरहेको छ । राष्ट्रपति ट्रम्प आज ह्वाइटहाउसमा नभएपनि ह्वाइट हाउस अगाडि प्रदर्शन भइरहेको छ ।

भर्जिनिया, एटलान्टा लगायतका स्थानमा पनि प्रर्दशन गरिएको छ । प्रदर्शनकारीहरुले सिमाक्षेत्रबाट अमेरिका प्रवेश गरेका कागजपत्रविहिनहरुका परिवारलाई अलग्याउन नपाइने माग गरिरहेका छन् । अमेरिकी सरकारले भने सिमाक्षेत्रबाट प्रवेश गर्ने कागजपत्रविहिनहरुको आमाबाबु र छोराछोरीहरुबीचको नाता प्रमाणित गर्न नसक्दा छुट्टा छुट्टै हिराशतमा राख्नुपरेको बताउँदै आएको छ । मानवतस्करहरुले अमेरिका छिराउनका लागि नक्कली परिवार युनिटहरु खडा गर्ने गरेकाले नाता प्रमाणित नभएसम्म एकैठाउँ राख्न नमिल्ने अमेरिकी सरकारले बताउँदै आएको छ । न्युयोर्कको ब्रुकलिन ब्रिज लगायतका क्षेत्रमा पनि प्रदर्शनहरु भएका छन् ।

फोटो : सीएनएन

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com