विश्वकप नयाँ नियम : नकआउट चरणमा चार वैकल्पिक खेलाडी मैदानमा उतार्न पाइने


प्रकाशित मिति : असार १६, २०७५ शनिबार

फिफा विश्वकपको नकआउट चरणको खेलमा कुनै पनि टिमले चारवटा वैकल्पिक खेलाडी मैदानमा उतार्न पाउने भएका छन् ।

९० मिनेटमा विजेताको टुंगो नलागेको खण्डमा खेलाइने अतिरिक्त समयमा थप एक जना खेलाडी सब्स्टिच्युट गर्न पाउने नियम अन्तर्राष्ट्रिय फुटबल संघको बोर्डले पारित गरेको छ ।

यो नियम तीन महिना अघि नै बोर्डले पारित गरेको हो । आज अर्जेन्टिना र फ्रान्स तथा उरुग्वे र पोचुर्गल आमने सामने हुँदैछन् ।

सामान्यतया ९० मिनेटमा नै टिमले तीन खेलाडी सब्स्टिच्युट गर्ने भएकाले आधा घण्टाको अतिरिक्त समयमा थप एक खेलाडी मैदानमा उतार्न पाउनेछन् ।

यो नियमले अतिरिक्त समयमा पनि टिमको प्रदर्शन राम्रो हुने अपेक्षा फिफाको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com