मनोरञ्जन क्षेत्रमा हुने वैदेशिक लगानीमा अंकुश


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

माल्दिभ्स सरकारले मनोरञ्जन क्षेत्रमा हुने वैदेशिक लगानीको मात्रामा अंकुश लगाएको जनाएको छ ।

मालदिभ्सले स्थानीय लगानीलाई प्रेरितगर्न ठूलोमा मात्रामा हुने वैदेशिक लगानीलाई प्रतिबन्ध लगाएको सरकारी अधिकारीले बिहीबार जनाएका छन् ।

सो सरकारले हालै एउटा कानुन ल्याएर यस्ता कार्यक्रमहरूको व्यवस्थापन, मनोरन्जन र उत्पादनका क्षेत्रमा वैदेशिक लगानीलाई नियन्त्रण गरेको छ ।

माल्दिभ्सका आर्थिक तथा विकास मन्त्रालयले मनोरञ्जन क्षेत्रको काम, कार्यक्रम व्यवस्थान, श्रव्यदृश्य सामग्री उत्पान, भाडामा दिने, संगीतसम्बन्धी सामग्रीहरूको उत्पादन र विक्री वितरण गर्ने कामहरूमा ठूलो मात्राको बैदेशिक लगानी प्रतिबन्ध गरिएको जानकारी दिएको छ ।

हरेक काम तथा व्यवसायमा कम्तीमा ५१ प्रतिशत लगानी माल्दिभ्सका नागरिकको नै हुनुपर्ने प्रावधान अहिलेको कानुनमा छ । यसमा विदेशी लगानीको मात्रा ५० प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरिएको छ ।

तर पहिले भने सरकारले यस्ता क्षेत्रमा पूरै विदेशी लगानी पनि गर्नसक्नेगरी खुला छोडिदिएको थियो ।

यसैगरी यहाँको सरकारले हालैमात्र मोबाइल फोन विक्री तथा यससम्बन्धी तालिम, फोटो सम्बन्धी सेवालगायतका क्षेत्रमा पनि बैदेशिक लगानी रोक्ने निर्णय गरेको थियो ।

मालदिभ्समा पछिल्लो समयमा बेरोजगारी बढेको पाइएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा माल्दिभ्सका झण्डै एक चौथाई युवा बेरोजगार रहेको जनाएको थियो ।

देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न पनि लगानीको यस्तो नयाँ कानुनी प्रावधान ल्याइएको अनुमान गरिएको प्राप्त समाचारहरुमा जनाइएको छ । (रासस÷सिन्ह्वा)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com