अष्ट्रेलियाको नागरिकताको लागि किन मरी मेट्छन् नेपालीहरु ?


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

अष्ट्रेलियामा अन्य देशका मानिसहरु आएर बसाइसराइ गर्ने क्रम बढिरहेको छ । अष्ट्रेलिया आएका विदेशीहरु यहाँको पीआर र त्यसपछि नागरिकता लिन लालायित हुन्छन् । २०१५ / १६ मा मात्र १९० देशका १ लाख ३३ हजार विदेशीले अष्ट्रेलियाको नागरिकता लिएका छन् । यहाँको नागरिकता लिन किन लालायित हुन्छन् विदेशीहरु? अष्ट्रेलियाको नागरिकता लिनुका फाइदाहरु के हुन् त ?

१. भोट

अष्ट्रेलियाको नागरिकता पाएपछि तपाईंले भोट गर्न सक्नुहुन्छ । अष्ट्रेलियामा हरेक नागरिकताधारीले भोट गर्नुपर्ने हुन्छ । यदि तपाईंसंग नागरिकता छ र भोट गर्नुभएन भने १८० डलर सम्म तिर्नुपर्ने हुन्छ ।

२. राजनीति

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अष्ट्रेलियाको नागरिकता लिसकेपछी अष्ट्रेलियाको राजनीतिमा प्रत्यक्ष संलग्न हुन सकिन्छ ।

३. सैनिक

अष्ट्रेलियाको नागरिकता लिएको व्यक्ति अष्ट्रेलियाको सेनामा भर्ति हुन सक्छन्।

४. वकालत
अष्ट्रेलियाको नागरिकता लिएपछि मात्र अष्ट्रेलियाका अदालतहरुमा काम गर्न पाइन्छ ।

५. पासपोर्ट
अष्ट्रेलियाको नागरिकता लिसकेपछि अष्ट्रेलियाको पासपोर्ट लिनको लागि योग्य भइन्छ । अष्ट्रेलियाको पासपोर्ट भएको व्यक्तिलाई विश्वका विभिन्न १७० वटा राष्ट्रमा जान भिसा चाहिंदैन ।

६. सुरक्षा
अष्ट्रेलिया सरकारले आफ्ना नागरिकहरुको सुरक्षाको लागि सतर्कता अपनाउँछ । अरु देशमा जाँदा समेत कन्सुलरबाट विभिन्न सहयोग लिन सकिन्छ ।

७. सन्तानलाई नागरिकता
अष्ट्रेलियाको नागरिकता लिएका आमाबाबुबाट जन्मेका सन्तानले स्वत: अष्टेलियाको नागरिकता पाउँछन् ।

८. HELP
हेल्प अन्तर्गत अष्ट्रेलिया सरकारले विद्यार्थीहरुलाई पढ्नको लागि ऋण दिन्छ र त्यो ऋण लिनको लागि अष्ट्रेलियाको नागरिकता चाहिन्छ ।

९. स्थायी बसोवास
अष्ट्रेलियाको नागरिकता हुने व्यक्ति अष्ट्रेलियामा स्थायी बसोवास गर्न सक्छन् । तर, यदि बिचमा अष्ट्रेलिया छोडेर अन्य देश बस्ने र पछि फर्केर आउने हो भने रेसिडेन्ट रिटर्न भिसा लिनुपर्ने हुन्छ । त्यस्तै कुनै अपराध गरेमा र अष्ट्रेलियाको सुरक्षामा बाधा उत्पन्न गरेमा अष्ट्रेलियाले देश निकाला गर्न सक्छ ।

१०.न्युजिल्याण्ड बसाइसराइ
अष्ट्रेलियाको नगारिकता हुने व्यक्ति न्युजिल्यान्डमा गएर बस्न पाउँछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com